‘अल नेपाल रोड शो एजुकेशन फेयर’ सुरु, ३० भन्दा शैक्षिक संस्थाको सहभागिता

काठमाडौं । वैदेशिक अध्ययनका लागि शैक्षिक परामर्श क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कंगारु एजुकेशन फाउण्डेसनले आफ्नो केन्द्रीय कार्यालय बागबजारमा “अल नेपाल रोड शो एजुकेशन फेयर” सुरु गरेको छ।  साउन २५ गते (अगस्ट १०) देखि देशभर सुरु भएको उक्त फेयर आज शुक्रबार (अगस्ट १५) बिहान १० बजे विद्यार्थीहरूको बाक्लो उपस्थितिमा प्रारम्भ भयो ।

फेयरको उद्घाटन कंगारु एजुकेशनका सीईओ महेशबाबु तिमल्सिनाले गरे। उनले विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाका प्रतिनिधिहरूलाई स्वागत गर्दै यो फेयर वैदेशिक अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि सुनौलो अवसर हुने बताए । उनका अनुसार, ३० भन्दा बढी प्रतिष्ठित विदेशी शैक्षिक संस्थाको सहभागिता रहेको यस मेलामा विद्यार्थीहरूले गन्तव्य मुलुकका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, अध्ययनका अवसरबारे जानकारी, कानुनी प्रावधान, शिक्षा प्रणाली र आवश्यक पूर्वतयारीका बारेमा परामर्श पाउनेछन् ।

फेयरमा सहभागी विद्यार्थीहरूलाई स्पट एडमिसन, छात्रवृत्ति सुविधा, १०० प्रतिशतसम्म छात्रवृत्ति अवसर, साथै आइईएलटीएस र पीटीई तयारी कक्षामा विशेष छुटको व्यवस्था गरिएको छ। कंगारुका अनुसार, यसअघि ‘नेपालभरी उज्जवल भविष्यको यात्रा’ नाराका साथ यो फेयर विर्तामोड, विराटनगर, चितवन, पोखरा र बुटवलमा सम्पन्न भइसकेको छ ।

बागबजारको फेयर आज बेलुका ४ बजेसम्म सञ्चालन हुने र आगामी अगस्ट १७ मा बानेश्वरमा अन्तिम चरणमा पुग्नेछ । यो कार्यक्रम विशेषगरी युके, अस्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका र क्यानडा पढ्न जाने इच्छुक विद्यार्थीहरूलाई लक्षित गरिएको हो ।

You might also like

Comments are closed.