चीनमा चेङ्दु अटो शो २०२५ मा ‘अल न्यू एमजी४’ सार्वजनिक, यस्ता छन् फिचर

काठमाडौं । एमजीले आफ्नो लोकप्रिय विद्युतीय ह्याचब्याक कार एमजी४ को नयाँ भर्सन सार्वजनिक गरेको छ। चीनमा जारी चेङ्दु अटो शो २०२५ मा कम्पनीले अल न्यू एमजी४ आधिकारिक रूपमा लन्च गरेको हो ।

विद्युतीय सवारीसाधन क्षेत्रमा निरन्तर नयाँ प्रविधि र मोडल प्रस्तुत गर्दै आएको एमजीले यसपटक एमजी४ लाई थप आकर्षक डिजाइन, आधुनिक फीचर र सुधारिएको ब्याट्री क्षमता सहित बजारमा ल्याएको छ। कम्पनीका अनुसार नयाँ भर्सनले प्रयोगकर्तालाई बढी ड्राइभिङ रेञ्ज र दक्षता प्रदान गर्नेछ ।

एमजी४ सुरुवातदेखि नै विश्व बजारमा चर्चित विद्युतीय ह्याचब्याकमध्ये एक बनेको थियो। नयाँ मोडलले भने प्रतिस्पर्धी कम्पनीहरूको विद्युतीय कारसँग अझै कडा चुनौती दिने अपेक्षा गरिएको छ।

एमजीले छिट्टै यो नयाँ भर्सन अन्य मुलुकहरूमा पनि उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

You might also like

Comments are closed.