अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे पोखरामा सम्पन्न

पाेखरा । अल्फाबिटा पोखराको आयोजनामा मल्टि सिटी एड्मिशन डे कार्यक्रम आज सम्पन्न भएको छ । बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म पोखराको न्युरोड स्थित सिटी स्क्वायर ब्यङकुइटमा सम्पन्न उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूले  अष्टे«लिया, क्यानडा, युके, अमेरिका, जर्मनी, न्युजिल्याण्ड, जापान, भारत, थाइल्याण्ड र आयरल्याण्ड का विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर विदेश अध्ययन सम्बन्धी परामर्श लिएका  थिए ।

झण्डै तिन सय जना विद्यार्र्थी र उनीहरूका अभिवावकको उपस्थिती रहेको उक्त कार्यक्रममा एभिला युनिभर्सिटी अमेरिका, फेडिरेशन युनिभर्सिटी अस्ट्रेलिया, युनिभर्सिटी अफ नायगरा फल्स क्यानडा, ओयबस्टर युनिभर्सिटी अमेरिका, कन्कोर्डिया युनिभर्सिटी अमेरिका, युनिभर्सिटी क्यानडा वेष्ट, युनिभर्सिटी अफ ल बेलायत लगायत युरोप तथा एसियाका युनिभर्सिटीका झण्डै १ दर्जन एसिया रिजनल र नेपाल प्रतिनिधीहरूको उपस्थिती रहेको थियो।

कार्यक्रमा सहभागी ९० जना भन्दा धेरै विद्यार्थीले आकर्षक गिफ्ट भौचर साथै देशभर संचालन हुने मल्टि सिटी एड्मिशन डे कार्यक्रम समापन पश्च्यात लक्कीड्र मार्फत भाग्यशाली सहभागी विद्यार्थीले म्याकबुक र १ थान अन्तराष्ट्रिय हवाई टिकट प्राप्त गर्ने अल्फा बिटा पोखराका प्रमुख मिलन बरालले बताए।

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरिएको साथै  विद्यार्थीहरूलाइ आएल्स, एस ए टी, पिटिई तयारी कक्षा सम्वन्धी परामर्श समेत प्रदान गरीएको र यस प्रकारको सिटी एड्मिशन डे शैक्षिक परामर्श अन्य शाखाहरुमा पनि आयोजना हुने अल्फा बिटा पोखराका प्रमुख मिलन बरालले बताए।

विगत ३३ वर्ष देखि वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीलाई विश्वसनीय जानकारी तथा परामर्श प्रदान गर्ने उद्देश्यले अल्फाबिटाको काठमाडौंका विभिन्न क्षेत्र सहित नेपालका मूख्य शहरहरु विराटनगर, विर्तामोड, चितवन, दमक, धरान, इटहरी र पोखरा गरि देशभर १२ शाखा छ ।

You might also like

Comments are closed.

Secret Link