ब्लु–टूथ कलिङ सुविधासहितको नेपाली स्मार्टवाच ‘अल्टिमा वाच म्याजिक’ सार्वजनिक

काठमाडौं–अल्टिमा लाइफस्टाइलले वेरेवल एसीसोरीजले ‘अल्टिमा वाच म्याजिक’ सार्वजनिक गरेको छ । यो अत्याधुनिक स्मार्ट वाचमा आकर्षक मूल्य र उत्कृष्ट विशेषताको उत्तम संयोजन रहेको कम्पनीको भनाइ छ । यो वाच प्रविधि प्रेमी व्यक्तिहरू रोजाइ बन्ने कम्पनीको दावी छ । यसको बजार मूल्य रु. ३ हजार ९९ रहेको वाच अनलाइन र अफलाइन माध्यमबाट खरीद गर्न सकिने बताइएको छ ।

कम्पनीका अनुसार अल्टिमा वाच म्याजिकमा १.८३ इन्चको समेट्रिकल र स्मूथ अल्ट्राभ्यू डिस्प्ले रहेको छ । यसमा उच्च प्रविधीको स्वास्थ्य जाच्ने क्षमता साथै पातलो र आरामदायक प्रीमियम सिलिकन स्ट्र्याप (ब्याण्ड) पनि जडित रहेको बताइएको छ ।

नेपालीहरूमा टेक्नोलोजी प्रयोग गरी स्वस्थ र खुशी जीवन सम्भव तुल्याउन सकोस भन्ने उद्देश्य रहेको कम्पनीको भनाइ छ । यही परिकल्पना प्रवद्र्धन गर्न अल्टिमा लाइफस्टाइलले हालसालै स्वस्तीमा खड्कालाई आफ्नो कम्पनीको उत्पादनको ब्राण्ड एम्वेस्डर घोषणा गरेको थियो ।
अल्टिमा वाच म्याजिकसहित अल्टिमा लाइफस्टाइलका उत्पादन अनलाइन प्लेटफर्म दराज र नेपालभरका अफलाइन स्टोरहरूमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

 

You might also like

Comments are closed.