देशभरका अटोमोबाइल व्यवसायीको माया पाउनेमा विश्वस्त छु : रञ्जित

काठमाडौं । युवा व्यवसायी अमरज्योती रञ्जितले नाडाको कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका छन् । अटो व्यवसायमा २५ वर्षदेखि आबद्ध रञ्जित नेपाल ओभरसिज ट्रेडिङ कन्सर्न प्रा.लि.का व्यवस्थापक हुन् । प्रा.लि.मार्फत  नेपाली बजारमा क्यास्ट्रोल ब्राण्डको लुब्रिकेन्ट्स बिक्री वितरण गर्दै आइरहेको छ ।

लुब्रिकेन्ट्स व्यवसायमा लामो समयदेखि आबद्ध रञ्जितले नाडामा लुब्रिकेन्ट्स कमिटिमा रहेर कामसमेत गरिसकेका छन् । अब कार्यसमितिमै पुगेर व्यावसायिक हकहितका क्षेत्रमा काम गर्नुपर्छ भन्ने सोचेर उम्मेदवारी प्रस्तुत गरेको रञ्जितले बताए ।

नेपाल मोटर्स स्पोर्टस क्लबको उपाध्यक्षसमेत रहेका उनी नासाको फाउन्डर मेम्बर पनि हुन् । उनी मोटर्स स्पोर्टसको राष्ट्रिय खेलाडी हुन् । उनले नेपालको प्रतिनिधित्व गर्दै ५ वटा अन्तर्राष्ट्रिय गेम खेलिसकेका छन् । लायन वर्ष २०१४/१५ लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रलको अध्यक्ष भइसकेका उनी २०२०/२१ मा लायन्स डिष्ट्रिक्ट ३२५ बि २ को एरिया चिफ भएर काम गरिसकेका छन् ।

नाडाको ४५औं साधारणसभा यही मंसिर २२ र २३ गते हुँदैछ । नाडाको निर्वाचनमा देशभरका अटोमोबाइल व्यवसायीबाट आफूले मत पाउनेमा विश्वस्त रहेको उनले बताए । उनले अध्यक्षका उम्मेदवार ध्रुव थापाको प्यानलबाट उम्मेदवारी दिएका छन् । ‘अटोमोबाइल व्यवसायीहरुको अत्याधिक मत प्राप्त हुन्छ भन्ने विश्वासमा छु,’ उनले भने ।

You might also like

Comments are closed.