पोखरा विश्व विद्यालय स्वास्थ्य विज्ञान संकायको डिनमा डा. नागिला

पोखरा । पोखरा विश्व विद्यालय स्वास्थ्य विज्ञान संकायको डिनमा डा. अमर नागिला नियुक्त भएका छन् ।

पोखरा विश्व विद्यालयको सोमबार बसेको कार्यकारी परिषद्ले उनलाई डिन नियुक्त गरेको हो । बिगत लामो समयदेखि स्वास्थ्य विज्ञान संकायमा प्राध्यापन गर्दै आएका नागिला स्वास्थ्य विज्ञका रुपमा परिचित छन् ।

त्यसैगरी पोखरा विश्वविद्यालयको मानविकी तथा समाज विज्ञान संकायको डिनमा डा. अजय थापा, विज्ञान तथा प्रविधि संकाय डिनमा डा. रमेश ठगुराठी, परीक्षा नियन्त्रकमा डा. तुल्सी भण्डारी नियुक्त भएका छन् ।

You might also like

Comments are closed.