श्री अम्बा ग्रुपद्वारा हेड्ज हेल्मेटको एक्स्टर मोडल नेपाली बजारमा सार्वजनिक

काठमाडौं । टु ह्विलर्स स्पेयर्स पार्टस तथा हेलमेट उत्पादनमा भारतीय अग्रणी कम्पनी साइ ग्रुपको उत्पादन हेड्ज हेल्मेटको एक्स्टर मोडल नेपाली बजारमा सार्वजनिक भएको छ । साइ ग्रुपका लागि नेपालको आधिकारिक बिक्रेता श्री अम्बा ग्रुप प्रालिले शनिबार एक कार्यक्रमबीच हेलमेट सार्वजनिक गरेको हो ।

लामो समयको परीक्षण पछि सुरक्षित र बलियो हेलमेट कम्पनीले बजारमा ल्याउन सफल भएको साइ ग्रुपका प्रवन्ध निर्देशक संजिब कपुरले बताए । ‘यो हेलमेट नेपाली बजारमा समेत लोकप्रिय हुनेमा हामी विश्वस्त छौं,’ उनले भने । कम्पनीले नयाँ मोडललाई प्राथमिकता दिने क्रममा हेड्ज एक्स्टर मोडल बजारमा ल्याउन सफल रहेको बताए ।

कार्यक्रममा बोल्दै श्री अम्बा ग्रुपका प्रवन्ध निर्देशक अरुण अग्रवालले हेड्जको एक्स्टर मोडल राम्रो, बलियो र सुरक्षित हेलमेट रहेको बताए । ‘आजबाट देशभरको बजारमा यो हेलमेट उपलब्ध छ,’ उनले भने । एक्स्टर मोडलमा विभिन्न प्रिन्ट डिजाइन तथा कलरका हेलमेलहरु उपलब्ध छन् ।

श्री अम्बा ग्रुपले बिगत २ वर्षदेखि साही ग्रुपको आधिकारिक बिक्रेता भएर काम गरिरहेको छ । साइ ग्रुपद्वारा उत्पादित हेड्ज हेलमेटसँगै एएनजी हेलमेट, रिप्ले हेलमेट, एरोस्टार हेलमेटलाई पनि कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले फुल, हाफ लगायत ९ रेन्जका हेलमेट बजारमा उपलब्ध गराउन सफल रहेको श्री अम्बा ग्रुपका हेड अप डिपार्टमेन्ट भास्कर अग्रवालले जानकारी दिए ।

यो समूहले साइ ग्रुपद्वारा उत्पादित बाइक तथा स्कुटरहरुका बडी पार्टसहरु बिक्री वितरण गर्दै आइरहेको छ । स्पेयर्स पार्टसको क्षेत्रमा यो समूहले काम गरेको दुई दशक भन्दा बढी भइसकेको छ । ३ सय भन्दा बढी डिलर मार्फत देशभरको बजारमा स्पेयर्स पार्टसहरु तथा हेलमेटहरु बिक्री वितरण हुँदै आइरहेको उनले जानकारी दिए ।

You might also like

Comments are closed.