अम्बे स्टील्स्को डिलर सम्मेलन

काठमाडौं । छड उत्पादक कम्पनी अम्बे स्टील्स्ले नुवाकोटमा डिलरहरुसँग डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ । कार्यक्रममा अम्बे स्टील्स्का ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायतको उपस्थिति थियो ।

सम्मेलनको मुख्य उद्देश्य वर्षौंदेखि अम्बे स्टील्स्ले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने रहेको थियो ।

अम्बे स्टील्स्ले आफ्नो भैरहवा र नेपालगञ्जमा अवस्थित दुईवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक १ हजार ४ सय टन छड उत्पादन गरी नेपाली बजारमा पु¥याउँदै आएको छ । यस कम्पनीबाट उत्पादित टि. एम. टि छड अन्तर्राष्ट्रिय गुणस्तरको उच्च क्वालिटी भएको हुनाले नेपाली बजारमा सबैभन्दा बढि रुचाइएको छड हो । हाल यसले एफइ५००डी छड पनि उत्पादन गरी उपभोक्ता माझ पु¥याउदै आएको छ ।

jutta mela

कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन डिलरहरुको मिहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भाबी योजनाबारे छलफल गरिएको थियो ।

सम्मेलनमा उपस्थित सम्पूर्णलाई सम्बोधन गर्दै अम्बे स्टील्स्का प्रतिनिधिले भन्े ‘यहाँहरुका मिहेनत र ग्राहकसेवाले गर्दा कम्पनीले नयाँ उचाई मापन गरेको छ । यसको लागि देशभरका डिलरहरुप्रति आभार प्रकट गदछौं । हामीहरुले यो उचाई कायम राख्न अझै बढि ग्राहकसेवामा केन्द्रित रहेर बिक्री सेवामा सुधार गर्दै जानुपर्छ । साथै, ग्राहकहरुको विश्वास जित्दै कम्पनीको लक्ष्य हासिल गर्न हामी निरन्तर लागि पर्नुपर्छ ।’

You might also like

Comments are closed.