गाउँपालिकालाई एम्बुलेन्स

बैतडी । सुर्नया गाउँपालिकामा पनि एम्बुलेन्स सञ्चालनमा आएको छ । बैतडी क्षेत्र नं १ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य)ले स्वास्थ्य कार्यालयमार्फत एम्बुलेन्स खरिद गरिएको एम्बुलेन्स शुक्रबार हस्तान्तरण गरे ।

खरिद प्रक्रिया सुरु भएको झण्डै एक बर्षपछि एम्बुलेन्स ल्याइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । प्रदेशसभा सदस्य भट्टले प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गत आर्थिक बर्षमा एम्बुलेन्स खरिदका लागि रु १२ लाख उपलब्ध गराउनुभएको थियो । कोरोना महामारीका कारण एम्बुलेन्स खरीद प्रक्रियामा ढिलाई भएको बताइएको छ ।

उक्त गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरुलाई सास्ती हुँदै आएको थियो । स्थानीयवासीको मार्कालाई ध्यानमा राखेर आफूले उक्त कार्यक्रमअन्तर्गत एम्बुलेन्सका लागि बजेट उपलब्ध गराएको उनले बताए ।

jutta mela

एम्बुलेन्सको अभाबमा निजी सवारी साधनमा चर्को भाडा तिरेर आकस्मिक अवस्थाका बिरामीलाई अस्पताल लैजानु पर्ने बाध्यता अब अन्त्य भएको छ ।योसँगै जिल्लाका आठ स्थानीय तहसँग आफ्नै एम्बुलेन्स छन् । सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा मात्रै एम्बुलेन्स नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

You might also like

Comments are closed.