एम्पेर इलेक्ट्रिक स्कुटरको डिलर ७ शहरमा आह्वान

काठमाडौं । काठमाडौंको नयाँबजारस्थित भ्याली ग्रुपमा मुख्य शोरुम रहेको एम्पेर इलेक्ट्रिक स्कुटरको शोरुम विस्तार गरिने भएको छ । एम्पेरको लागि नेपालको आधिकारिक बिक्रेता डिएसएम ग्लोबल कम्पनीले देशभर सात शहरमा डिलर आह्वान गरेको छ । कम्पनीले पोखरा, हेटौंडा, नारायणगढ, बुटवल, इटहरि, नेपालगञ्ज र जनकुपरमा डिलर आह्वान गरिएको कम्पनीका मार्केटिङ असिस्टेन्ट म्यानेजर सलिल श्रेष्ठले आर्थिक आवाजलाई जानकारी दिए । मुख्य शोरुम बालजूमा छिट्टै सञ्चालनमा आउँदैछ ।

अहिले नेपाली बजारमा एम्पेरको जिल र रियो मोडलको स्कुटर बिक्री भइरहेको छ भने छिट्टै म्याग्नस प्रो र रियो इलाइट मोटलको स्कुटरको पनि नेपाली बजारमा छिट्टै भित्रिने कम्पनीले जनाएको छ ।

एम्पेर जिलको मूल्य २ लाख ३७ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ । ३ वर्ष वा २० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा यो स्कुटरमा ग्राहकले पाउनेछन् । ब्याट्री, मोटर, कन्ट्रोलर, चार्जर, डिसी टु डिसी कन्भर्टरको वारेन्टी हुनेछ । यो स्कुटर ५ देखि ६ घन्टामा फूल चार्ज गर्न सकिनेछ भने ५५ किमी प्रतिघन्टाको स्पिडमा कुदाउन सकिनेछ । ७० देखि ७५ किमी रेन्जमा उपलब्ध छ । यो हाइस्पिड स्कुटर हो ।

jutta mela

एम्पेर रियो मूल्य १ लाख ६१ हजार ५ सय ८४ रुपैयाँ पर्छ । यो लो स्पिड स्कुटर हो । यो स्कुटरको ब्याट्रीको वारेन्टी २ वर्ष हुनेछ । मोटर, कन्ट्रोलर, चार्जर, डिसी टु डिसी कन्भर्टरको वारेन्टी एक वर्षसम्म हुने श्रेष्ठले जानकारी दिए । यो स्कुटर ५ देखि ६ घन्टामा फुल चार्ज हुनेछ । २५ किमीको स्पिडमा कुद्ने यो स्कुटर ५० देखि ६० किमीको रेन्जमा उपलब्ध छ ।

You might also like

Comments are closed.