काठमाडौं । विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक (Ampere Electric) ले मलंगवामा आफ्नो आधिकारिक बिक्री तथा सेवा सञ्चालन सुरु गरेको छ। ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी (Greaves Electric Mobility) द्वारा निर्मित एम्पियरले नेपालभर आफ्नो बजार विस्तार गर्ने अभियानअन्तर्गत मलंगवामा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।
नेपालका लागि एम्पियरको आधिकारिक वितरक एसटिसी अटो सोलुसनले राजश्री चौक, मलंगवा स्थित बी. एम. ईभी हबलाई आधिकारिक बिक्री तथा सेवा केन्द्र नियुक्त गरेको छ। नयाँ शोरुमबाट ग्राहकले स्कुटर अवलोकन, टेस्ट राइड, खरिद तथा बिक्रीपछिको सेवा (After-sales Service) सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
एम्पियरले छोटो समयमा नेपालका विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। एसटिसी अटो सोलुसनसँगको सहकार्यमार्फत कम्पनीले गुणस्तरीय विद्युतीय सवारी, भरपर्दो बिक्रीपछिको सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। एम्पियर इलेक्ट्रिक भारतको अग्रणी विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन उत्पादक ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी अन्तर्गतको प्रिमियम ब्रान्ड हो।

उत्कृष्ट प्रविधि, उच्च गुणस्तर र आधुनिक डिजाइनका कारण यस ब्रान्डले “इलेक्ट्रिक स्कुटर अफ द इयर” लगायत विभिन्न प्रतिष्ठित पुरस्कार प्राप्त गरिसकेको छ। दशकमभन्दा बढी अनुभव भएको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले उत्पादन गर्ने एम्पियर स्कुटरहरू सुरक्षित, भरपर्दो र उच्च कार्यक्षमताका लागि परिचित छन्। एम्पियर स्कुटरमा प्रयोग गरिएको लिथियम फेरो फस्फेट (LFP) ब्याट्री सुरक्षित, टिकाउ तथा लामो आयु भएको ब्याट्री प्रविधि हो। यी ब्याट्रीहरू माइनस १० डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियससम्मको तापक्रममा परीक्षण गरिएका छन्। साथै ब्याट्रीमा ५ वर्ष वा ७५ हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध रहेको छ।
उपलब्ध मोडेल तथा मूल्य
Ampere Nexus EX – रु. ३,३५,०००
Ampere Nexus EX+ – रु. ३,४५,०००
Ampere Magnus G Max – रु. ३,२५,०००
मलंगवामा आधिकारिक बिक्री तथा सेवा सञ्चालनसँगै एम्पियर इलेक्ट्रिकले नेपालका उदाउँदा बजारमा दिगो तथा वातावरणमैत्री यातायातको पहुँच विस्तार गर्ने आफ्नो अभियानलाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।



Comments are closed.