काठमाडौं । Ampere Nepal ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक चाडपर्व योजना सार्वजनिक गरेको छ। “नयाँ सवारी, नयाँ उमंग—यो वर्षको मोहचाड Ampere सँग” भन्ने नारासहित ल्याइएको योजनामा ग्राहकले विभिन्न सुविधा तथा पुरस्कार प्राप्त गर्न सक्नेछन्।
चाडपर्व योजनाअन्तर्गत ग्राहकले २० हजार रुपैयाँसम्म नगद छुट, २० हजार रुपैयाँ सम्म थप एक्सचेन्ज मूल्यांकन, १ वर्षसम्म निःशुल्क सर्भिसिङ, आकर्षक गिफ्ट ह्याम्पर तथा ७ वर्षसम्म स्पेयर पार्ट्समा ७ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। साथै, ग्राहकलाई लक्की ड्रमार्फत १ लाख रुपैयाँ सम्म जित्ने मौका पनि प्रदान गरिएको छ।
त्यस्तै, REO VYB मोडल खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँ नगद छुटका साथै १० हजार रुपैयाँसम्म थप एक्सचेन्ज मूल्यांकनको सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसका साथै ग्राहकले १ वर्षसम्म निःशुल्क सर्भिसिङ, ७ वर्षसम्म स्पेयर पार्ट्समा ७ प्रतिशत छुट तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।
चाडपर्व योजनाको मुख्य आकर्षणका रूपमा Ampere स्कुटर खरिद गर्ने ग्राहकलाई लक्की ड्रमार्फत रु. १ लाखसम्म जित्ने अवसर प्रदान गरिएको छ। त्यस्तै, Ampere REO VYB मोडल खरिद गर्ने ग्राहकले रु. १०,००० नगद छुटका साथै रु. १०,००० सम्मको थप एक्सचेन्ज मूल्यांकन प्राप्त गर्न सक्नेछन्।
Ampere Nepal का अनुसार, चाडपर्वको अवसरमा ग्राहकलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्ने र इलेक्ट्रिक मोबिलिटीलाई अझ सहज तथा पहुँचयोग्य बनाउने उद्देश्यले योजना ल्याइएको हो।
Ampere का इलेक्ट्रिक स्कुटर देशभर रहेका कम्पनीका शोरुम तथा डिलर नेटवर्कमार्फत उपलब्ध छन्। ग्राहकले नजिकैको Ampere शोरुममा पुगेर स्कुटर अवलोकन, टेस्ट राइड तथा एक्सचेन्ज मूल्यांकनसम्बन्धी जानकारी लिन सक्नेछन्।
Ampere दैनिक आवतजावतका लागि व्यावहारिक इलेक्ट्रिक दुईपांग्रे सवारी उपलब्ध गराउने विद्युतीय मोबिलिटी ब्रान्ड हो। नेपालमा Ampere लाई STC Auto Solution Pvt. Ltd. ले आधिकारिक रूपमा वितरण गर्दै आएको छ। कम्पनीले देशभर आफ्ना शोरुम तथा डिलर नेटवर्क विस्तार गरिरहेको छ।





Comments are closed.