मुलुक संघीयतामा गइसकेपछि नेपाल उद्योग वाणिज्य महासंघले पनि आफूलाई त्यही संरचनामा लगेको छ । महासंघका सबै संरचना उत्तिकै सक्रिय रहँदै आएका छन् । उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आफ्ना गतिविधि अन्र्तगत गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार महोत्सवको आयोजना गरेको छ । यही फागुन २१ देखि चैत १ गतेसम्म चल्ने महोत्सव गण्डकी प्रदेशमा नै पहिलो पटक आयोजना गर्न लागिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा जिल्ला उद्योग वाणिज्य संघ नवलपुरको सह आयोजनामा महोत्सव हुन लागिएको भएपनि प्रदेश अन्तरगतका सबै जिल्ला तथा नगरस्तरका संघहरुमै यसको बेग्लै उत्साह छ । महोत्सवको नारा ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ तय गरिएको छ ।
उद्योगको क्षेत्रमा गण्डकी प्रदेश अगाडि नै छ । औद्योगिक क्षेत्र भएकोे स्थान पनि हो । यस्ता गतिविधिले प्रदेशको आर्थिक गतिविधीलाई पनि यसले चलायमान बनाउन र व्यवसायी गतिविधिलाई थप उचाइमा पुर्याउनको लागि महत्वपूर्ण भूमिका पनि खेल्छ । पछिल्ला केही वर्ष देखि सबै व्यवसाय कुनै न कुनै समस्याले आक्रान्त छन् । समस्यामा रहेपनि त्यसबाट बाहिर आउनु पर्छ नै । हरेक समस्यालाई सहजताका साथ पार लगाउनको लागि कम्तिमा महासंघ जस्ता उद्योगीको अभिभावकत्व गरिरहेका संघसंस्थाले सक्रियता देखाउन जरुरी छ हामीले त्यसको आवश्यकता महसुस गर्यौं । यसले व्यवसायीमा कुनै न कुनै खालको उत्साह थप्छ ।
उपभोक्तालाई पनि बजारसँगको लामो ग्यापलाई हटाउनको लागि यसले सहयोग गर्छ । महोत्सवको नारामा जस्तै हामीले उद्योग मात्र नभएर अन्य क्षेत्रमा पनि समान किसिमको विकासको हुनुपर्छ भन्ने मान्यता राख्छौं । यो भनेको कृषि, पर्यटन, व्यापार सबै तिर सकारात्मक प्रभाव छर्न सके मात्रै समग्र क्षेत्रमा पर्यटन व्यवसाय पनि यस प्रदेशमा राम्रो छ । गण्डकी प्रदेशको स्थानीय उत्पादनको प्रवद्र्धन देखि पर्यटन प्रवद्र्धनसम्मका लागि महोत्सव फलदायी रहने हाम्रो अपेक्षा छ । पर्यटनका कुरा गर्दा महोत्सवले गण्डकी प्रदेशमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यमा पनि चहल पहल बढ्ने हाम्रो अनुमान छ ।गण्डकी प्रदेशमा स्थानीयस्तरमा उत्पादन गरिएका कृषि उत्पादनको बजारिकरण गर्न महोत्सवको सहयोगी बन्नेछ ।
महोत्सवलाई हामीले उद्योग व्यवसायी तथा यस क्षेत्रका हरेकले अपनत्वको महसुस गर्ने गर्ने गरि प्रभावकारी रुपमा सम्पन्न गर्ने लक्ष्य राखेका छौं । महोत्सवलाई आगामी दिनमा पनि निरन्तरता दिने हाम्रो सोंच छ । महोत्सवको लागि स्पोन्सरहरुमा पनि एक खालको उत्साह देखिएको छ । महोत्सवको सहआयोजकको रुपा जिल्ला उद्योग बाणिज्य संघ नवलपुरले आफ्नो सक्रियता बढाएको छ । महोत्सवको प्रचारप्रसारका लागि नवलपुर र चितवनका विभिन्न स्थानहरुमा स्वागतद्धार निर्माणको काम भएका छन् ।
महोत्सवमा उद्योग, व्यापार, कृषि, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उत्पादन तथा सेवा गरी ३०० भन्दा बढी स्टलहरु रहने छन् । महोत्सवको विशेष आर्कषणको रुपमा विभिन्न जनजातिको स्थानीय भेषभुषामा सांस्कृतिक कार्यक्रमका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहनेछन् ।
Comments are closed.