नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजकमा अमृत घिमिरे

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको गण्डकी प्रदेश संयोजकमा अमृत घिमिरे निर्वाचित भएका छन् ।

बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

महासंघको प्रदेश संयोजकमा सर्वसम्मत निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुप्रति घिमिरेले आभार व्यक्त गरेका छन् ।

उनी हेभी इक्विपमेन्ट व्यवसायी संघ तनहुँका संस्थापक अध्यक्षसमेत हुन् ।

उमाकान्त शर्माको अध्यक्षतामा महासंघको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

You might also like

Comments are closed.