अमुदी फुड्सको विस्तारसँगै नयाँ सम्भावनातर्फको यात्रा

उत्पादन विविधीकरण, क्षमता विस्तार र IPO योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य

काठमाडौं ।  नेपाली खाद्य उद्योगमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको अमुदी फुड्स लिमिटेडले उत्पादन विविधीकरण, उत्पादन क्षमता विस्तार र पूँजी सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आगामी दिनका लागि महत्वाकांक्षी व्यावसायिक योजना अघि सारेको छ।

सन् २०६९ मा स्थापना भएको अमुदी फुड्सको कार्यालय काठमाडौंको कोटेश्वरमा तथा कारखाना भरतपुर–१२, चितवनमा रहेको छ। हाल कम्पनीमा ११५ जना कर्मचारी कार्यरत छन्। सार्वजनिक लिमिटेड कम्पनीका रूपमा अघि बढिरहेको अमुदी फुड्सले U-n-Me ब्रान्डअन्तर्गत विभिन्न स्न्याक्स, दालमोठ तथा नुडल्स उत्पादन गर्दै आएको छ।

कम्पनीले उच्च गुणस्तरीय तथा स्वच्छ खाद्य उत्पादनमार्फत ग्राहकको सन्तुष्टि र दीर्घकालीन विश्वास निर्माण गर्ने लक्ष्य लिएको छ। साथै, नेपालकै विश्वसनीय र नवीन खाद्य ब्रान्डका रूपमा स्थापित हुँदै नेपाली स्वादलाई अझ फराकिलो बजारसम्म पुर्याउने कम्पनीको दीर्घकालीन दृष्टिकोण रहेको छ।

हाल U-n-Me ब्रान्डअन्तर्गत Cheese Rings, Potato Cracker, Pomess, Cheese Balls, Akabare, Fire Balls, Balls, Grand र Tangy Tomato लगायतका स्न्याक्स उत्पादन हुँदै आएका छन्। यसका अतिरिक्त Mixed Dalmoth, Plain Bhujia, Salted Peanut, Any Time Dalmoth, Moong Dal र Aaloo Bhujia लगायतका उत्पादन पनि कम्पनीको पोर्टफोलियोमा छन्।

कम्पनीको योजनाअनुसार आगामी चरणमा समर्पित नुडल्स उत्पादन प्लान्ट स्थापना गरी उत्पादन क्षमता र उत्पादन पोर्टफोलियो विस्तार गर्ने तयारी छ। यसका लागि जग्गा तथा जग्गा विकास, भवन तथा संरचना, मेसिनरी तथा उपकरण र कार्यशील पूँजीमा लगानी गर्ने योजना अघि सारिएको छ।

कम्पनीले प्रस्तुत गरेको वित्तीय प्रक्षेपणमा आगामी वर्षहरूमा बिक्री तथा नाफा विस्तार गर्ने लक्ष्य देखिन्छ। FY 2082/83 मा करिब रु. ८.४१ करोडको बिक्री आम्दानीबाट FY 2086/87 सम्म रु. ६८.४१ करोड बिक्री आम्दानी पुर्याउने प्रक्षेपण गरिएको छ। सो अवधिमा खुद नाफा पनि रु. २८.८ लाखबाट रु. ५.३२ करोड पुर्याउने लक्ष्य राखिएको छ।

यद्यपि, FY 2083/84 को वित्तीय विवरणमा समावेश रु. १४ करोडको जग्गा बिक्रीबाट प्राप्त एकपटकको आम्दानीका कारण उक्त वर्षको EPS असामान्य रूपमा उच्च देखिएको कम्पनीले नै स्पष्ट पारेको छ। नियमित व्यवसायबाट हुने आम्दानी र एकपटकको आम्दानीलाई छुट्टाछुट्टै हेर्नु कम्पनीको वास्तविक व्यावसायिक प्रगति बुझ्न महत्वपूर्ण हुनेछ।

अमुदी फुड्सले पूँजी संरचनालाई थप बलियो बनाउँदै सार्वजनिक लगानीकर्तालाई सहभागी गराउने तयारी पनि अघि बढाएको छ।कम्पनीको प्रस्तावित पूँजी संरचनाअनुसार कुल जारी पूँजी रु. ४२ करोड रहने र त्यसमा प्रवर्द्धक समूहको रु. ३२ करोड तथा सर्वसाधारणका लागि रु. १० करोड बराबरको शेयर रहने योजना छ।

IPO प्रक्रियाका लागि Global IME Capital लाई Issue Manager नियुक्त गरिसकिएको, Care Ratings Nepal सँग Rating सम्बन्धी सम्झौता भएको तथा Underwriter, Prospectus र Company Registrar सम्बन्धी कामहरू प्रक्रियामा रहेको कम्पनीले जनाएको छ।

You might also like

Comments are closed.