सौरव थापाले सञ्चालनमा ल्याए ‘अनाकी बार’

पोखरा । युवा व्यवसायी सौरव थापाले पोखराको लेकसाइडमा अनाकी बार सञ्चालनमा ल्याएका छन् । लेकसाइडस्थित सेन्टरपोइन्टमा सञ्चालनमा आएको बारको सफ्ट ओपनिङ भएको छ । अटोमोबाइल, रियलस्टेल, बैंकिङ, सेवा लगायतका व्यावसायिक क्षेत्रमा आबद्ध थापाले युवा पुस्तालाई लक्षित गरी बार सञ्चालनमा ल्याएका हुन् ।

पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकसहित स्थानीय युवाहरुलाई लक्षित गरी बार सञ्चालनमा ल्याइएको थापाले जानकारी दिए ।

झण्डै २ करोड ५० लाख रुपैयाँ लगानीमा बार सञ्चालनमा ल्याइएको थापाले बताए । थापाले पोखराका अन्य युवाहरुलाई समेत समेटेर बार सञ्चालनमा ल्याएका हुन् ।

बारमा १ सय ४० जनाको क्षमता छ । हरेक साँझ लाइभ म्युजिक र डिजेको मज्जा लिन सकिने थापाले जानकारी दिए । बार बिहान ११ बजेदेखि राति २ बजेसम्म सञ्चालन हुनेछ ।

बारसँगै खानालाई पनि लक्षित गरी अनुभवी सेफको टिम राखेर किचनलाई व्यवस्थित गरिएको थापाले जानकारी दिए । ‘बारको ट्रेन्डमा पनि नयाँ पन दिने गरी अगाडि बढेका छौं,’ उनले भने । बारमा ओपन गार्डेनसहित डिस्को थेक एरियाको पनि सुविधा छ,’ उनले भने । बारमा २६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

पर्यटन क्षेत्रमा नयाँ पनको अनभूति दिने गरी आफूले लगानी गरेको बताउँछन् थापा ।

मेन रोडमा पार्किङको सुविधा पनि उपलब्ध रहेकाले आउने पाहुनालाई सजिलो हुने थापा बताउँछन् ।

lcci
You might also like

Comments are closed.