काठमाडौं । बतास अग्रनाइजेसनका अध्यक्ष आनन्दराज बतासले अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि शनिबार प्रस्तुत गरेको बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
‘कोभिड भ्याक्सिनका लागि बजेट विनियोजन गर्नु, होटललाई उत्पादनमूलक उद्योगको सुविधा दिनु, सांसद विकास कोष खारेज गर्नु, वृद्धभत्ता बढाउनु सकारात्मक छन्,’ उनले ।
अक्सिजन उद्योग स्थापनाका लागि भन्सार तथा भ्याट छुट दिने तथा सामुदायिक र निजी अस्पताललाई अक्सिजन प्लान्ट जडानमा ५० प्रतिशत पुँजीगत अनुदान दिने बजेटको व्यवस्था सकारात्मक रहेको बतासले बताए ।
‘कोभिड महामारी अवधिभर अक्सिजन प्लान्टलाई विद्युत महशुलमा ५० प्रतिशत छुट दिने निर्णय पनि उचित छ,’ उनले भने । बजेटलाई कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए ।







Comments are closed.