‘सांसदले २ वर्षसम्म तलब भत्ता नलिदा पनि हुन्छ, अब अनावश्यक खर्च कटौती गरौं’

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले लकडाउन र कोरोना महामारीले संसारभर आर्थिक संकट आउने बताएका छन् । नेपालमा पनि आर्थिक संकट आउने बताउँदै अबको २ वर्षसम्म मुलुकलाई कसरी आर्थिक सुदृढीकरण गर्ने भन्नेतर्फ राज्यको ध्यान जानुपर्ने उनले बताए ।

आर्थिक आवाजको फेसबुक लाइभमा कुराकानी गर्दै उनले अब राज्यले गर्ने अनावश्यक खर्चलाई कटौती गर्नुपर्ने धारण राखे । सांसद तथा राजनीतिक नियुक्ति लिएका व्यक्तिहरुले अबको २ वर्षसम्म सकेसम्म तलब नै नलिने र लिए पनि सेवा सुविधा कटौती गर्नुपर्ने उनले बताए ।

आउने वर्ष सरकारका राजश्वका स्रोतहरु असाध्यै कम हुने उनको भनाइ छ । स्रोत बिहीन भएको अवस्थामा अनावश्यक खर्च कटौती नगर्ने हो भने मुलुकमा आर्थिक संकट आउने बताए ।

jutta mela

मुल्मीसँगको विस्तृत कुराकानी :

कोरोना महामारी र लकडाउनले नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पार्दैछ ? अब के गर्नुपर्छ ? नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीसँग विशेष कुराकानी ।

Gepostet von Arthik Awaj am Montag, 4. Mai 2020

 

You might also like

Comments are closed.