सत्यशक्ति गणेश साकोशका अध्यक्ष रञ्जित बैंकिङ कसुर मुद्धामा पक्राउ

काठमाडौं । काठमाडौंको भेडासिंमा रहेको सत्यशक्ति गणेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनिलकुमार रञ्जित बैंकिङ कसुर मुद्धामा पक्राउ परेका छन् ।

प्रहरी परिसर टेकुस्थित बैंकिङ कसुर अपराध अनुसन्धान शाखाको पत्रअनुसार महानगरीय प्रहरी वृत जनसेवाको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो । उनलाई सहकारीको कार्यालयबाटै पक्राउ गरि अनुन्धानको लागि टेकु परिसर हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रञ्जितले विभिन्न सहकारी र व्यक्तिहरुसँग ऋण लिने र चेक दिने गरेको र ऋण नतिर्ने गरेको आरोप लागेको छ ।

lcci
You might also like

Comments are closed.