काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई कोरोना देखिएको छ । शनिबार गरिएको स्वाव परीक्षणको रिपोर्ट पोजेटिभ आएको शाहले जानकारी गराएका छन् ।
गन्ध थाहा नपाउने बाहेक अन्य कुनै लक्षण आफूमा नदेखिएको शाहले बताएका छन् । उनी अहिले घरमै आइसोलेसनमा छन् ।
‘तपाईहरुको शुभकामना तथा शुभेच्छाबाट छिट्टै कोरोना जित्ने विश्वास लिएको छु,’ उनले भनेका छन् ।
Comments are closed.