ग्राहकले घरमै बसेर बैकिङ सेवा लिन पाउनुपर्छः शाह

अनिल केशरी शाह
प्रमुख कार्यकारी अधिकृत, नबिल बैंक

डिजिटल प्रविधिलाई प्रवद्र्धन गर्दै नबिल बैंकले जेन–एन एकाउन्ट सञ्चालनमा ल्याएको छ । ग्राहकले यो एकाउन्ट किन खोल्ने ?

समयको मागसँगै बैंकहरु पनि डिजिटलाइज हुनुपर्छ । आफ्ना ग्राहकले घरमा नै बसेर बैकिङ सेवा लिन पाउनुपर्छ । अहिलेका युवाले गाउँ गाउँमा रहेकालाई पनि डिजिटल प्रविधि सिकाउन सक्ने अवस्था छ । हामीले पनि युवालाई लक्षित गरी जेन–एन एकाउन्ट सेवा शुरु गरेका छौं । संसारभरी छरिएर रहनुभएका जो सुकैले पनि बैंकमा जेन–एन एकाउन्ट खोल्न सक्नुहुनेछ । आफ्नो पैसाको सुरक्षामा र बैंकको सेवामा ढुक्क रहन हामी आग्रह गर्दैछौं ।

jutta mela

ग्रामीण क्षेत्रमा डिजिटल बैंकिङको पहुँच पुग्छ ?

अहिलेको समयमा ग्रामीण क्षेत्रमा रहेका नेपालीले टेक्नोलोजी प्रयोग गर्न सक्दैनन् भन्ने भ्रम मात्र हो । प्राय सबैसँग मोबाइल हुन्छ र टाढा रहेका परिवारका सदस्यसँग विभिन्न माध्यमबाट कुरा गरिरहेको हामी देख्न सक्छौं । फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक संजालमा हेर्ने हो भने पनि उहाँहरुको सक्रिय सहभागित देखिन्छ । ग्रामीण क्षेत्रमा रहेका नेपालीले पैसाको म्यानेज राम्रो गर्न सक्नुहुन्न भन्ने पनि भ्रम नै हो । उहाँहरुले पैसालाई सधैं राम्रोसँग जतन गर्नुहुन्छ । घरमा राखेर हराउला भन्ने डर तर बैंकमा राख्यो भने पैसाको सुरक्षा हुनुका साथै ब्याज आम्दानी हुने कारण बैंकमा पैसा बचत गर्नुहुन्छ । यसलाई कसरी चेतनाको अभाव भन्न सकिन्छ ?

अबको दिनमा व्यावसायिक क्षेत्रका कारण बैंकिङ क्षेत्रमा पर्ने प्रभावलाई कसरी हेर्नुभएको छ ?

नेपालमा कोरोना संक्रमणले असर पारेका व्यवसायलार्ई जोनिङ छुट्याउनु आवश्यक छ । जोनिङ छुट्याएसँगै के कसरी संचालन भएका व्यवसाय छन् त्यसै अनुशार बैंकिङ नीति बनाउनुपर्छ । लगानीलाई रेड, एल्लो र ग्रिन जोनमा छुट्याएर प्रक्रिया अगाडि बढाउन सकिन्छ । रेड जोनमा परेका ग्राहक तथा व्यवसायीलाई केही समस्या हुन सक्छ । एल्लो र ग्रिन जोनमा पर्ने व्यवसायीहरु विस्तारै व्यवसायमा सक्रिय बन्ने वातावरण बन्नेछ ।

बैंकमा डिपोजिट गरेको पैसा असुरक्षित हुन्छ कि भन्ने डर बढेको हो ?

वित्तीय क्षेत्रमा ग्राहकले राखेको पैसा सुरक्षित छ भनेर ढुक्क हुन म आग्रह गर्दछु । ब्याज पनि आउँछ भने सावाँ पनि आवश्यकता अनुसार निकाल्न सक्नुहुनेछ । घरमा वा अन्य कतै पैसा राख्नु भन्दा वित्तीय संस्थामा नै राख्नु धेरै सुरक्षित छ । बैंकका डिपोजिटरको डिपोजिट सुरक्षित रहन्छ ।

कोभिडले नेपालको पर्यटन क्षेत्रमा कस्तो असर गर्छ भन्ने लाग्छ यहाँलाई ?

नेपालको आम्दानीको स्रोत पर्यटन र रेमिट्यान्स मुख्य हुन् । लकडाउन सकिए लगत्तै नेपाली बाहिर निस्कने क्रम बढ्ने छ । घरमा नै बसेर आत्तिएको अवस्थामा घुम्नकै लागि भनेर निस्कने क्रम बढ्नेछ । पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटक देखिनेछन् । बाह्य पर्यटक आएर पर्यटन धानिएको क्षेत्रमा भने यस महामारीले प्रत्यक्ष असर पारेको नै छ । समयक्रमसँगै कोभिड महामारीकोे असर कम भएसँगै पर्यटक भित्र्याउनतर्फ लाग्नुपर्छ । नेपालमा आउने बाह्रय पर्यटक कुन देशमा धेरै छन् त्यस्ता देशमा केही समयको लागि फ्रि भिजा गर्न सकिन्छ । यसमा सरकार र निजी क्षेत्रको महत्वपूर्ण भुमिका हुन्छ ।

अन्तर्वार्ताको लिंक

अनिल केशरी शाह

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहसँगको विशेष संवाद ।

Gepostet von Arthik Awaj am Freitag, 12. Juni 2020

 

 

You might also like

Comments are closed.