संघर्ष र समर्पणले जन्माएको ‘अनिताज डिजाइन’

अनिता खाती, फेसन डिजाइनर

पेशाप्रतिको समर्पण, लगन र निष्ठाले हर मानिसलाई सफलताको फराकिलो राजमार्गतर्फ डोर्याउँछ । करुवा, ढाका कपडा र प्राकृतिक सौन्दर्यले चिनाएको पाल्पाकी अनिता खाती क्षेत्रीको जीवनमा पनि यो भनाई सार्थक बन्दै गएको छ । पाल्पाको जन्म, बाल्यकाल, किशोरवय र शिक्षापछि काठमाडौं आइपुग्दा उनमा कपडा र फेशनप्रतिको मोह र हुटहुटी जागेको थियो । उत्साह र उमंग पनि । यसैमा केही गरौं भन्ने एकोहोरो समर्पण भाव । त्यसैको परिणाम थियो अनिताले प्लस टु सकेपछि नमूना कलेज अफ फेसन टेक्नोलोजी बाँसवारीमा फेसन डिजाइनिङको कोर्ष गरिन् । यसले आफ्नो बाटोमा ढुक्क भएर अघि बढ्ने दृढता र परिपक्वता बढाइदियो । प्रारम्भिक पाठ्यक्रमले ज्ञान र शिक्षा दियो काममा अघि बढ्न उनलाई प्रेरणा दियो ।

१० वर्ष यताका समय उनको फेसन डिजाइनका अनेकन काम, क्रियाकलाप, छलफल बहस र सिर्जनामा बितेको छ । शुरुमा बुटिक र गार्मेन्टको काम गरिन् । नौ वर्ष बुटिक र फेसनको क्षेत्रमा जागिरे जीवन व्यतित गरेर अनुभव हासिल गरेपछि आफै व्यवसाय सञ्चालन गर्ने रहर र चाहना अनुसार उनले विगत एक वर्षदेखि व्यवसाय शुरु गरेकी छन् । अहिले उनको ललितपुरको कुपन्डोलमा अनिताज डिजाइन सञ्चालनमा छ । आफै र आवश्यकताअनुसार अरुलाई पनि रोजगारी दिएर आत्मनिर्भर र जागरुक महिलाका रुपमा उभ्याउन उनी प्रयासरत छिन् । कोभिड महामारीको बेलामा त्यसै बस्नुभन्दा केही न केही गनुपर्छ भनेर उनले फेसन शो समेत गरेकी थिइन् ।

अचेल उनी ड्रेसमा बुटिक भर्ने तथा बच्चाहरुका लागि फ्रक बनाउने काम गर्छिन् । यो कठिन र सृजनात्मक काम हो भन्ने उनको बुझाई छ । तर, उनी यसमा रमाउँछिन् किनभने यो उनको रुचिको विधा हो जसले नयाँ नयाँ आयाम, शैली र प्रस्तुति पस्कन उनलाई हरपल उर्जा र प्रेरणा आफैभित्रबाट निस्कन्छ ।

jutta mela

अनिता डिजाइनमा बच्चाका लागि २ हजारदेखि ५ हजारसम्मका डे«स तयार गरिन्छ । लेहेंगा तथा साडीहरुमा हातले बुटिक भर्ने काम हुन्छ । त्यसमा १५ हजार देखि २ लाखसम्मको काम गरेको उनको अनुभव छ । ‘ग्राहकको चाहना अनुसार काम गर्दा विश्वास बढ्छ र आफुलाई सबैको प्रिय बनाउँछ । यसले व्यवसाय बढाउँछ र काममा पनि सन्तुष्टि पनि हुन्छ,’ अनिता भन्छिन् ।

फेसनका नयाँ नयाँ प्रस्तुति, शैली र ढाँचाले उनलाई यस क्षेत्रमा अब्बल बनाउँदै लगेको छ । हरेक कपडाको एउटा डिजाइन भएपनि नयाँ नयाँ शैली प्रयोग गरी पस्कदा ग्राहकमा चेतना र रुचि बढाउँछ । उनले हरेक कपडामा यस्तो प्रयोग गर्ने गरेकी छिन् नयाँपन दिने । यसको परिमाण हो कि उनलाई नेपाल कै एउटा क्रियटिभ ह्याट फेसन डिजाइनर पनि भनिन्छ ।

फेसन टिभी खोलेको अनुभव बटुलेकी उनमा अचेल फेसनसम्बन्धी रेडियो, टिभी र अनलाइनमा अन्तक्र्रिया गर्ने क्रम बढेको छ । ‘यसले नयाँ ज्ञान, शिक्षा र चेतना दिँदोरहेछ, त्यसैले मैले फेसनप्रतिको बहसलाई पनि पेशासँगै अघि बढाएको छु,’ अनिता भन्छिन्,‘अब चाँडै फेसन सो गर्ने सोच पनि बनाएकी छु ।’

You might also like

Comments are closed.