‘भुइको टिप्छु भन्दा पोल्टाको पनि झर्ला’

अन्जन श्रेष्ठ, अध्यक्ष नेपाल उद्योग वणिज्य महासंघ

देशको अर्थतन्त्र एकदम चुनौतीपुर्ण घडीमा छ । निजी क्षेत्रले एउटै चुनौति भोगिरहेको छ त्यो हो त्यो हो शिथिल बजार, कमजोर मानसिकता र चुनौतिपुर्ण व्यापार व्यवसाय । झन्डै ३६ वर्षको मेरो व्यवसायिक यात्रामा व्यवसायीहरुको यति कमजोर मनोबल कहिल्यै देखेको थिँइन ।
अहिले नयाँ सरकार आएको छ र अर्थतन्त्रलाई अगाडी बढाउछु भनेर प्रतिबद्धताहरु व्यक्त गरेको छ ।

पाँच देखि सात वर्षमा ३ हजार डलरकोे प्रतिव्यक्ति आय, १०० खर्बको अर्थतन्त्र र १२ लाखलाई रोजगारी दिने घोषणा बजेट मार्फत गरेको छ । तर ति कामहरु अगाडी बढाउन के कस्ता रणनीतिहरु कार्यान्वयन गरिरहेको छ त्यसबारे केही जानकारी छैन । सरकारले यसबारे स्पष्ट रणनीति लिएर अगाडी बढ्नु जरुरी छ । अहिले नेपालको अर्थतन्त्रलाई रिइन्जिनियरिङ गर्नुपर्ने अवस्था देखिएको छ त्यसतर्फ सवै एक भएर लाग्नुपर्ने अवस्था छ ।

अटो क्षेत्रकै मात्र कुरा गर्ने हो भनेपनि गत आर्थिक वर्षमा नेपालमा १०६ अर्बको अटोमोवाइल क्षेत्रका सामानहरु आयात भएका छन् । सो आयातबाट ८१ अर्ब सरकारलाई राजस्व बुझाएको छ। करिव १८ खर्बको आयातमा झण्डै ९ प्रतिशतको राजस्व नेपालको अटो क्षेत्रले सरकारलाई बुझाएको देखिन्छ । तर यति धेरै राजस्व बुझाउने क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न उप—राष्ट्रपति मार्फत नेपाल सरकारलाई विशेष ध्यानदिन आग्रह गर्न चाहन्छु ।

हामीले केही समयअघि तत्कालिन अर्थमन्त्री डा.रामशरण महतलाई अटोमोवाइल क्षेत्रमा भन्सारदर बढी भएकोले घटाउन आग्रह गरेका थियौ । उहाँले तपाईहरु नै उद्योग खोल्नोस् भन्नुभएको थियो हामी केहीले उद्योगहरु पनि खोलेका थियौ । तर ति उद्योगहरु के कस्तो अवस्थामा छ भनेर सरकारले कहिल्यै ध्यान दिएन ।

अहिलेको सरकारले २०/३० वर्ष देखि बन्द भएको सरकारी उद्योग संचालन गर्ने तर निजी क्षेत्रले संचालन गरेको उद्योगबारे ध्याने दिएको छैन । सरकारले निजी क्षेत्रले संचालन गरेको उद्योगतिर पनि ध्यान दिनुपर्छ उनीहरुको अवस्थाबारे पनि बुझ्न जरुरी छ ।

सरकारलाई म एउटाकुरामा ध्यानाकर्षण गराउन चाहन्छु । ‘भुइको टिप्छु भन्दा पोल्टाको पनि झर्ला’ भन्ने बुढापाको उखानजस्तै होला
नेपालमा २२ अर्बको अटोमोवाइल क्षेत्रको स्पेयर पाट्र्समात्र आयात भएको छ । अझ यस क्षेत्रको इकोसिस्टमको कुरा गर्ने हो भने धेरै नै ठूलो हुन्छ । त्यसैले यी सवै आयातलाई कम गर्न देशमा नै उद्योगहरु स्थापना गर्ने के कति सकिन्छ यहाँ नै एसेम्बलिङबाट हुनेजति त्यताबाट गर्ने गर्नुपर्छ । यसका लागि नाडा र उद्योगबाणिज्य महासंघ सरकारसँग हातेमालो गर्न चाहन्छ । नेपालमा अहिलेको मानवपुँजी जुन प्रकारको छ त्यो अबको १० बर्षमा हुदैन त्यसैले यसको बढी उपयोग गरी नेपालमा नै उद्यमशीलता बढाऔ । नेपालमा रोजगारी बढाउने भनेको उद्योगहरु लगाएर नै हो । उद्योगहरु भएमा रोजगारी बढ्छ भने तलवहरु पनि वृद्धि हुनेछ ।

You might also like

Comments are closed.