अन्नपूर्ण केबलकारमा राष्ट्रपति भण्डारी

पोखरा । दुई दिने कार्यक्रममा पोखरा आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले अन्नपूर्ण केबलकारमा यात्रा गरेकी छन् । पोखराको सेदीमा रहेको केबलकार चढेर सोमबार साँझ उनले सराङकोट पुगेकी हुन् ।

सोमबार साँझ पाँच बजेपछि केबलकारबाट सराङकोट पुगेपछि केही समय पश्चात केबलकारबाटै राष्ट्रपति भण्डारी सेदीसम्म फर्किएकी हुन् । राष्ट्र प्रमुखबाट केबलकारको यात्रा गर्दा आफूहरुले गौरव महसुस गरेको प्रमुख कार्यकारी अधिकृत दीनेश पौडेलले बताए ।

पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार गतवर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । सहासिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृङखला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार निर्माण भएको हो ।

jutta mela

दुई हजार १६५ मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिन्छ । केवलकारमा ८ जनाको सिट क्षमता रहेका १७ वटा गण्डोला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गण्डोला जडान गरिएको छ ।

केवलकारको बटम स्टेसन समुन्द्री तहदेखि ८२४ मिटरको उचाइमा र टप स्टेसन १५२३ मिटर उचाइमा छ । केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा छन् ।

You might also like

Comments are closed.