अन्नपूर्ण गाउँपालिका वडा नं. ५ मा सर्वसाधरणको पिसिआर परीक्षण, झोबाङ गाउँ सिल

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ स्थित नयाँपुल बजार क्षेत्रका सर्वसाधरणको पिसिआर परीक्षण गरिएको छ । बजार क्षेत्रका ६० जनाको पिसिआर परीक्षण गरिएको वडा अध्यक्ष जीवनाथ पौडेलले जानकारी दिए ।

वडाको झोबाङ गाउँमा कोरोना संक्रमित देखिएपछि सतर्कता अपनाइएको छ । झोबाङमा संक्रमित देखिएपछि उक्त गाउँदेखि पर्वतको मोदी ६ मौजा आसपासको क्षेत्रलाई सिल गरिएको पौडेलले जानकारी दिए । ‘नयाँ भेरियन्टसहितका संक्रमित देखिएपछि सतर्कता अपनाइएको छ,’ उनले भने, ‘अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।’

गाउँपालिकाका स्वास्थ्य प्रमुख ऋषि पौडेलको अगुवाईमा गाउँमा र नयाँपुल बजार क्षेत्रमा पिसिआर परीक्षण भएको हो । पिसिआरको रिपोर्ट नआउँदासम्म घरमै बस्न अन्य व्यक्तिसँग सम्पर्कमा नआउन वडा अध्यक्ष पौडेलले आग्रह गरेका छन् ।

 

You might also like

Comments are closed.