काठमाडौं । प्रि-स्कुल सञ्चालकको छाता संगठन, एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन)ले प्रधानमन्त्री दैवी उद्धार कोषमा ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । अपेनका अध्यक्ष कृष्णकुमार बोहोरा लगायतको टिमले सो रकम बराबरको चेक शिक्षामन्त्री सस्मित पोखरेललाई हस्तान्तरण गरेको हो ।
गत भदौ १० गते भाटेकोशी नदीमा आएको बाढी तथा अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा आएको बाढी पहिरोबाट प्रभावितको राहत, उद्धार र पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग गरेको अपेनले जनाएको छ ।
अपेनले विपद्को कठिन समयमा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।





Comments are closed.