काठमाडौं। प्रि-स्कुल सञ्चालकको छाता संगठन, एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन)को अध्यक्षमा कृष्णकुमार बोहोरा निवार्चित भएका छन् ।
अपेनको तेस्रो राष्ट्रिय महाधिवेशनले बोहोराको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । अपेनको विधानअनुसार निर्वाचित नयाँ पदाधिकारी तथा सदस्यको कार्यकाल २ वर्षको हुनेछ।
अपेनको वरिष्ठ उपाध्यक्षमा राज्यलक्ष्मी बैदार तथा उपाध्यक्षमा उमानाथ निरौला र शारदा पाण्डे निर्वाचित भएका छन् । त्यसैगरी, प्रादेशिक प्रतिनिधित्वका तर्फबाट रेखा हमाल (बागमती प्रदेश) र अर्जुन सिंह क्षेत्री )लुम्बिनी प्रदेश) चयन भएका छन्।
समितिको महासचिवमा सम्झना बस्नेत, सचिवमा अनिल आचार्य र निर्मल नेपाल तथा कोषाध्यक्षमा रेनुका कोइराला निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा मुना दाहाल, प्रकाश अधिकारी, ताराप्रसाद पन्थ, प्रकाश अधिकारी (लुम्बिनी), मुना श्रेष्ठ, उमेश अधिकारी, सृष्टि ढुङ्गाना र किरण गोसाईं निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिले प्रि(स्कुल शिक्षाको क्षेत्रमा नीतिगत सुधार र सञ्चालकहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।







Comments are closed.