चिकित्सक तथा स्वास्थ्यकर्मी माथिको आक्रमणप्रति अफिन गण्डकीको ध्यानाकर्षण

काठमाडौं । कोरोना महामारीको समयमा स्वास्थ्य सेवामा निरन्तर खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न ठाउँमा भएका कुटपिट तथा हातपातका घटनाको एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) गण्डकी प्रदेशले निन्दा एवं भर्त्सना गरेको छ ।

कोरोना महामारीको समयमा प्रोत्साहन गर्नुको साटो चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि कुटपिट हुनु निन्दनीय घटना भएको एसोसिएसनका अध्यक्ष अशोक पाखिले र सचिव ऋषि खतिवडाले शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘कोराना महामारीको समयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु भरोसाका पात्र बनिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो स्वास्थ्य र ज्यानको प्रवाह नगरी बिरामीको उपचारमा दिनरात खटिने स्वास्थ्यकर्मी माथि भएका सांघातिक आक्रमणका घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता घटनाको बिरोध गर्दै दोषीलाई कानुनी कारबाहीको माग गर्दछौं ।’

आगामी दिनमा यस्ता निन्दनीय घटना नदोर्याउन समेत अफिन गण्डकी प्रदेशले चेनावनी दिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.