अपि पावरले अधिग्रहण गर्यो दिव्य ज्योति हाइड्रोपावर

काठमाडौँ  । अपि पावर कम्पनी लिमिटेड (API Power) ले दिव्य ज्योति हाइड्रोपावर प्रा. लि. लाई औपचारिक रूपमा अधिग्रहण गरेको छ । यससँगै दिव्य ज्योति हाइड्रोपावरले प्रवर्द्धन गर्दै आएको ५० मेगावाट क्षमताको मर्स्याङ्गदी बेसी जलविद्युत आयोजना पनि अब अपि पावरको स्वामित्वमा पुगेको छ ।

कम्पनीको बोर्ड बैठकमा आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट विस्तृत अध्ययन गर्दा आयोजना निर्माण तथा सञ्चालन गर्न उपयुक्त देखिएकाले अधिग्रहणको निर्णय गरिएको हो ।

यस प्रक्रिया अन्तर्गत अपि पावरले दिव्य ज्योति हाइड्रोपावरको सम्पूर्ण शेयर खरिद गर्ने र व्यवस्थापन पूर्ण रूपमा आफ्नो स्वामित्वमा लिएर कम्पनी सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

You might also like

Comments are closed.