नेपाल आयल निगममा २८ जनाका लागि आवेदन खुला

काठमाडौं ।  नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा २८ जनाका लागि आवेदन खुला गरेको छ । निगमले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी प्रबन्ध (लेखा)/तह ८ देखि बाउजर अपरेटर/तहविहीन सम्मका पदका लागि दरखास्त आह्वान गरेको हो ।

निगमले जारी गरेको सूचनाअनुसार भदौ ६ गतेदेखि २१ दिनभित्र आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । इच्छुक उम्मेदवारहरुले आवेदन निगमको आधिकारिक वेबसाइटमार्फत अनलाइन भर्न सक्ने निगमले जनाएको छ ।

You might also like

Comments are closed.