अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटर नाडा अटो शो २०२४ मा सार्वजनिक

काठमाडौं । भेस्पा र स्पोर्टी अप्रिलिया ब्राण्डका स्कूटरहरूको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकोर्प प्रा.लिले नाडा अटो शो २०२४ मा बहुप्रतिक्षित नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस् ६ एफ्.आई स्कूटर लञ्च गरेको छ । सार्वजनिक स्कुटरको मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफ्.आई स्कूटर नेपाली बजारमा १२५सीसी प्रिमियम स्कूटरहरूको वर्गमा सर्वाधिक लोकप्रिय स्कूटरहरूमा पर्न सफल छ । युवा वर्गको आकर्षणलाई ध्यानमा राख्दै डिजाइन गरिएको यो स्कूटरको नयाँ भेरिएण्टमा केही अपडेटहरू पनि गरिएको कम्पनीले जनाएको छ । जसले यसलाई अझ शार्प र स्पोर्टी बनाएको छ ।

यो स्कूटरमा अब २२० एम.एम.को भेन्टिलेटेड डिस्क ब्रेकको अपडेटेड ब्रेकिङ सिस्टम छ । जसमा कम्बी–ब्रेकिङ सिस्टम (सिबिएस) लाई स्ट्याण्डर्डको रूपमा राखिएको छ । यसले स्कूटरको नियन्त्रण र सुरक्षालाई अझ उत्कृष्ट बनाउँछ । स्कुटरमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ, जसले एकै नजरमा आवश्यक सबै जानकारी प्रदान गर्दछ । यसको अपडेट गरिएको बडी ग्राफिक्स र रंगहरुले यसलाई थप आकर्षक बनाएको छ । ठूलो १२–इन्चको एल्लोय ह्वील्स र टेलिस्कोपिक फ्रन्ट फोर्क्स, साथै पछाडिको मोनोशकले स्कूटरको सवारी अनुभवलाई थप स्टेबल र आरामदायक बनाएको छ ।

स्पोर्टी अप्रिलिया ब्राण्डमार्फत नयाँ उत्पादनहरू प्रस्तुत गर्न पाउँदा खुशी लागेको डेल्टा अटोकोर्प प्रा.लि. का निर्देशक तथा सीईओ विजय कुमार महतोले बताए । ‘प्रिमियम इटालियन ब्राण्डहरू मार्फत, हाम्रा उपभोक्ताहरूको अनुभवलाई अझ स्मरणीय बनाउँने हाम्रो प्रतिबद्धता छ,’ उनले भने, ‘नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफ्.आई ले रोमाञ्चक सवारी प्रदर्शनलाई पूरा गर्न हाम्रो प्रविधि प्लेटफर्मलाई थप मजबुत बनाउँदै बजारमा नयाँ मापदण्डहरू सेट गरेको छ ।’

लन्चको साथमा, डेल्टा अटोकोर्प प्रा.लि.ले नाडा अटो शो २०२४ का लागि ‘सेभिङ्स एक्स्ट्राभागेन्जा स्किम’ को घोषणा गरेको छ । यो स्किममा अप्रिलिया वा भेस्पा स्कूटर बुक गर्ने ग्राहकहरूले १५ हजारदेखि ७५ हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । शोको समयमा बुक गर्ने ग्राहकले अनर २०० वा अनर २०० प्रो मोबाइल फोनको खरीदमा ५ प्रतिशत छुटको विशेष अफर पनि पाउन सक्नेछन् ।
अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफ्.आई स्कूटरले यसको स्टाइल, प्रदर्शन र अत्याधुनिक सुविधाहरूको संयोजनले सवारी अनुभवलाई माथि उठाउँदै, नेपालमा १२५ सीसी प्रिमियम स्कूटर वर्गमा आफ्नो अग्रणी स्थानलाई अझ सुदृढ गर्नेछ ।

lcci
You might also like

Comments are closed.