पियाजियोको बहुप्रतिक्षित ‘अप्रिलिया एसएक्सआर १६०’ नेपाली बजारमा

काठमाडौं । पियाजियोको बहुप्रतिक्षित प्रिमियम स्कुटर ‘अप्रिलिया एसएक्सआर १६०’ नेपाली बजारमा सार्वजनिक भएको छ । पियाजियो र नेपालको आधिकारिक बिक्रेता एम.भी. दुगड ग्रुपले आइतबार एक कार्यक्रमबीच यो स्कुटर सार्वजनिक गरेको हो । पियाजियो इण्डियाका अध्यक्ष र प्रवन्ध निर्देशक डिएगो ग्राफी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवाल, एम.भी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, भाइस प्रेसिडेन्ट विजय महतोले अप्रिलिया एसएक्सआर १६०को बिक्री शुभारम्भ गरेका हुन् ।

अप्रिलिया एसएक्सआर १६० ले अप्रिलियाको सबैभन्दा नयाँ ग्लोबल डिजाइन भाषा समावेश गरेको कम्पनीले जनाएको छ । एकल सिलिन्डर, ४-स्ट्रोक, एयर–कुल्ड, ३ भल्भ फ्युल इन्जेक्सन, कम कार्वन इमिसन इन्जिन टेक्नोलोजी लगाएको छ । यसले ७१०० आरपिएम मा ११ पिएसको पिक पावर उत्पादन गर्दछ । उत्तम सवारी अनुभव र उच्च स्तरको आराम प्रदान गर्न स्कुटरमा ठूलो, लामो, आरामदायी र एर्गोनोमिक सिट जडान गरिएको छ । १२ भोल्ट, ५.० एएच.एमएफ ब्याट्रीको साथ र ७ लिटर इन्धन क्षमताको साथ स्कुटर बजारमा आएको छ ।

आइतबारदेखि नेपालका सम्पूर्ण डिलरमार्फत यो स्कुटर नेपाली बजारमा उपलब्ध भएकोछ । कम्पनीले आइतबार नै २१ जना ग्राहकलाई स्कुटरको चाबी हस्तान्तरणसमेत गरेको छ । नेपाली बजारमा उपलब्ध हुनुभन्दा पहिलेदेखि नै यो स्कुटरमा नेपाली ग्राहकले चासो देखाएकाले अब बजारमा उपलब्ध भएपछि धेरैको रोजाईमा पर्ने कम्पनीको विश्वास छ ।

कार्यक्रममा बोल्दै पियाजियो भारतका अध्यक्ष र प्रवन्ध निर्देशक डिएगो ग्राफीले सबै ग्राहकलाई अप्रिलिया एसएक्सआर १६० लाई धेरै अपेक्षित प्रिमियम स्कुटरको रुपमा प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताए । ‘उत्कृष्ट शैली, उच्च प्रदर्शन र धेरै विशेषताको प्रतीक मानिएको यो स्कुटरले नेपाली बजारमा उच्च मापदण्डहरु सेट गर्नेछ,’ उनले भने ।

पियाजिओ ग्रुपसँग साझेदार गर्दै एम.भी. दुगड ग्रुपले विश्वस्तरीय भेस्पा र एप्रिलाका प्रिमियम उत्पादनहरु बिक्री वितरण गर्न सफल भएको एम.भी. दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले बताए । ‘आज सार्वजनिक भएको अप्रिलिया एसएक्सआर १६० ले नेपाली युवाहरुको आकर्षण बन्नेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘हामी हाम्रा ग्राहकलाई विश्वस्तरीय पियाजियोको नुभव प्रदान गर्न अगाडि बढ्दै जानेछौं ।’ नेपालका लागि आधिकारिक बिक्रेता एम.भी. दुगड ग्रुपसँग टु ह्वीलरमा अनुशासित ढंगले काम गर्न पाउँदा खुसी लागेको पियाजियो ग्रुपका वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवालले बताए ।

देशभर ३६ वटा थ्रिएस शोरुम मार्फत भेस्पा र अप्रिलिया बिक्री वितरण हुँदै आइरहेको एम.भी. दुगड ग्रुपका भाइस प्रेसिडेन्ट विजय महतोले जानकारी दिए । नेपाली बजारमा यो स्कुटरको मूल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ पर्नेछ । स्कुटरको फिचर र सुविधा अनुसार मूल्य सस्तो रहेको कम्पनीको दावी छ । ग्लसी रेड, ग्लसी ह्वाइट, मट्टे ब्ल्याक र मट्टे ब्ल्यु गरी ४ कलरमा यो स्कुटर उपलब्ध छ । यो स्कुटरबाट अप्रत्याशित राइडिङको अनुभव लिन सकिने कम्पनीको विश्वास छ ।

भेस्पा र अप्रिलियाको आधिकारिक बितरक एम.भी. दुगड ग्रुपले बिक्री पछिको सेवालाई प्राथमिकता राख्दै थ्रि एस शोरुमहरु विस्तार गरिरहेको छ । कम्पनीको कर्पोरेट कार्यालय कान्तिपथमा छ भने शाखाहरु नक्साल, टेकु, भक्तपुर, बालाजु, बौद्ध, कुपण्डोल र विरगन्जमा छन् । कम्पनीले देशभरका अन्य मुख्य शहरमा डिलर नेटवक मार्फत भेस्पा र अप्रिलियाका स्कुटर ग्राहकमाझ पुर्याइरहेको एम.भी. दुगड ग्रुपका पिआर हेड बिमला थापाले जानकारी दिइन् ।

You might also like

Comments are closed.