अप्रिलियाको नयाँ मोडल ‘एसएक्सआर १६०’ सार्वजनिक हुँदै, मूल्य कति ?

 

काठमाडौं । अप्रिलियाको नयाँ मोडल ‘एसएक्सआर १६०’ नेपाली बजारमा सार्वजनिक हुने भएको छ । अप्रिलियाको लागि नेपालको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको दुगड ब्रदर्श एण्ड सन्स प्रालिले यही साता यो स्कुटर नेपाली बजारमा सार्वजनिक गर्दैछ । आगामी आइतबार (फागुन २३) बिहान ११ बजे एसएक्सआर १६० सार्वजनिक एक कार्यक्रमबीच स्कुटर सार्वजनिक हुनेछ ।

इटालियन डिजाइन र प्रविधिमा बनेको अप्रिलाको यो स्कुटर नेपाली बजारमा आगामी आतबारबाट उपलब्ध हुने भएपनि बुकिङ भने खुल्ला भइसकेको छ । देशभरका शोरुमबाट यो स्कुटर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा यो स्कुटरको मूल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ पर्नेछ ।

एफआइ इन्जिन र एबिएस (एन्टी लक ब्रेकिङ सिस्टम) सहित अप्रिलाको एसएक्सआर १६० नेपाली बजारमा उपलब्ध हुनेछ । एरो डाइनामिक डिजाइन, एलइडी टेक्नोलोजी क्रिस्टल हेड लाइट, मोबाइल कनेक्टिभी, कम्फरटेबल र वाइडर सिट, एडजस्टेबल मोनो सक एब्जोबर, एक्स्लेन्ट ह्याण्डलिङ लगायतका विशेषता एसएक्स्आर १६० मा रहेको छ । ७ लिटर क्षमताको फ्युल ट्यांकी छ ।

ग्लसी रेड, ग्लसी ह्वाइट, मट्टे ब्ल्याक र मट्टे ब्ल्यु गरी ४ कलरमा यो स्कुटर उपलब्ध हुनेछ । शैली, प्रदर्शन र असाधारण आरामको अद्भुत संयोजन गर्ने गरी यो स्कुटर बजारमा आउने कम्पनीले दावी गरेको छ । यो स्कुटरबाट अप्रत्याशित राइडिङको अनुभव लिन सकिने विश्वास कम्पनीको छ ।

भेस्पा र अप्रिलियाको आधिकारिक बितरक दुगड ब्रदर्श एण्ड सन्सले बिक्री पछिको सेवालाई प्राथमिकता राख्दै थ्रि एस शोरुमहरु विस्तार गरिरहेको छ । यसैक्रममा सतुङगल, एकान्तकुना र बनेपा छिट्टै थ्रि एस शोरुम विस्तार हुँदैछ ।

कम्पनीको कर्पोरेट कार्यालय कान्तिपथमा छ भने शाखाहरु नक्साल, टेकु, भक्तपुर, बालाजु, बौद्ध, कुपण्डोल र विरगन्जमा छन् । कम्पनीले देशभरका अन्य मुख्य शहरमा डिलर नेटवक मार्फत भेस्पा र अप्रिलियाका स्कुटर ग्राहकमाझ पुर्याइरहेको छ ।

You might also like

Comments are closed.