राइडमा सहभागीहरु भन्छन्, ‘अप्रिलियाको पफमेन्स राम्रो छ’

काठमाडौं । अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न भएको छ । अप्रिलियाको लागि नेपालको आधिकारिक बिक्रेता एम.भी. दुगड ग्रुपले शनिबार राइड आयोजना गरेको हो । अप्रिलियाको सोरूम नक्सालबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म राइड आयोजना भएको थियो । राइडमा १२० वटा अप्रिलियामा राइडर सहभागी थिए । राइडमा सहभागीहरु शनिबार नगरकोटमै बसेर आइतबार फर्किएका छन् ।

राइडमा युवाहरुको आकर्षण देखिएको प्रा.लि.का उपाध्यक्ष विजय महतोले जानकारी दिए । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड आयोजना गरिएको उनले बताए । ‘ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको पफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेका थियौं,’ उनले भने, ‘लक्ष्य अनुसार राइड सफल भएको छ ।’

राइडमा सहभागी हुन पाउँदा खुसी लागेको राइडर अनिशा केसीले बताइन् । ‘अप्रिलियाका धेरै राइडर साथीहरुबीच आत्मीयता बढाउन रिक्रियसन राइड सफल भएको छ,’ उनले भनिन् । आफूलाई अप्रिलिया स्कुटर निकै मनपर्ने र फिचर्स राम्रो रहेको राइडमा सहभागी कलाकार रियासा दाहालले बताइन् । ‘अप्रिलियाको पफमेन्स राम्रो छ,’ उनले भनिन् ।

jutta mela

राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेल गतिविधि तथा प्रतियोगिताहरु आयोजना गरिएको कम्पनीका मार्केटिङ म्यानेजर करुणा पुडासैनीले जानकारी दिइन् । अप्रिलिया प्रिमियम प्रडक्ट हो । अप्रिलिया ब्राण्डलाई थप परिचित गराउन पनि राइड सफल भएको पिआर हेड बिमला थापाले बताइन् । ‘प्रिमियम प्रडक्ट भेष्पा र अप्रिलियाप्रति नेपाली ग्राहकको आकर्षण बढिरहेको छ,’ उनले भने, ‘प्रिमियम प्रडक्ट मन पराउने ग्राहकको पहिलो रोजाई नै भेष्पा र अप्रिलिया हो ।’

प्रा.लि.ले यस अगाडि पनि समय समयमा राइडहरु आयोजना गरेको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उपाध्यक्ष महतोले बताए ।

You might also like

Comments are closed.