मैनहिया÷रुपन्देही । देशकै सबैभन्दा ठूलो र उत्कृष्ट मध्यको एक अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले सियारी गाँउपालिका वडा नं–२ मैनहियामा निर्मित मैनहिया स्वास्थ्यचौकी भवनको उद्घाटन गरेको छ । उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडका निर्देशक राजेश कुमार अग्रवालले सयुक्त रुपमा उद्घाटन गरे ।
अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले स्वास्थ्य सामग्री सहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । भवन निर्माण गर्न ७० लाख रुपैयाँ लागेका जनाइएको छ । ।
उद्घाटनका क्रममा अर्घाखाँचीसिमेन्ट प्रा.लि का निर्देशक राजेश कुमार अग्रवालले भने ,“मैनहियागाउँपालिकाका जनसमुदायहरुलाई पहिले स्वास्थ्यचौकी आफ्नोघरबाट धेरै टाढा भएकाले समस्या उत्पन्नभएको थियो तर अहिले मैनहिया गाउँपालिकाको जनसमुदायको हितमानिर्माण गरिएकोले सबैको लागि सजिलै पहुँचमा निर्मित रहेको यस मैनहिया स्वास्थ्यचौकी भवनले अत्यन्तै सहज बनाउ छ भन्ने हामीले आशा राखेको छौँ ।हामीले योभवनजनहितर सामाजिकउत्तरदायित्वअन्तर्गतनिर्माण गरेका हौ ।”
“सम्पूर्ण जनमानसको लागिगरिएको यो प्रशंसनियकार्यको लागि हामी अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौ । बढीरहेको यस कोभिड–१९ को नियन्त्रण र मैनहियागाँउपालिकाको जनहितको लागि यो स्वास्थ्यचौकीलाई व्यवस्थित गरिनेछ । उक्त स्वास्थ्यचौकीमा ब्लड प्रेसर नापनगर्ने, एक्स रे लिने र चिकित्सकद्वारा परमर्श लिने जस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेकाले यो एक सुसम्पन्न स्वास्थ्यचौकीको रुपमारहेको छ ।” लुम्बिनीप्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले भने ।
अर्घाखाँचीसिमेन्ट प्राइभेट लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वका विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।
कम्पनिले मैनहिया गाँउपालिकाका विद्यालयलाई पठन पाठनका लागि साम्रगी वितरणका साथ साथै विगतमापनि स्थानीय निकायलाई शिक्षा, सरसफाई, खाना र सडक निर्माणमा सहयोग पर्याउदै आइरहेको छ । गतवर्ष यस कम्पनीले लुम्बिनी प्रादेशिक सरकारले बनाएको कोरोना भाइरस रोकथाम र उपचार कोषकालागि रु ५.१ मिलियन विनियोजन गरेको थियो । साथै सियारी गाँउपालिकालाई रु २ लाख नगद र पाल्पा जिल्लाको तिनाउँ र माँछागढी ग्रामीण नगरपालिका जहाँ कम्पनीको चूना ढुङ्गाखानीअवस्थित छ त्यसमा रु २० लाखको राहत सामग्री वितरण गरेको थियो ।




Comments are closed.