वाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल विजयी

पोखरा ।  पोखरा उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल विजयी भएका छन् ।

अघिल्लो कार्यसमितिमा महासचिव रहेका पोखरेलले प्रतिस्पर्धी सोवित पौडेलललाई पराजीत गरेका हुन् ।

पोखरेलले पौडेललाई १ सय ४८ मत अन्तरले पराजीत गरेका हुन् । उनले नारायण कोइराला प्यानलबाट उम्मेदवारी प्रस्तुत गरेका थिए ।

पोखरेल संघमा कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव हुँदै वाणिज्य उपाध्यक्षमा प्रवेश गर्न सफल भएका छन् ।

You might also like

Comments are closed.