आविष्कार केन्द्रलाई १ लाख रुपैयाँ सहयोग

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङ घर भई हाल बेलायतमा रहेका अर्जुनबहादुर थापाले राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख आर्थिक सहयोग गरेका छन् । बेलायतमा नमस्ते गोर्खा नेपलीज रेष्टुरेण्ट सञ्चालन गर्दै आएका थापाले आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका हुन् ।

आविष्कार केन्द्रले कोभिड–१९ विरुद्ध गर्ने स्वास्थ्य सामग्री उत्पादनसहितका काममा योगदान पुगोस् भन्ने अभिप्रायले इन्टरनेशनल नेप्लीज सेफ्स सोसाइटीका अध्यक्ष समेत रहेका थापाले आर्थिक सहयोग गरेका हुन् । होटेल म्यानेजमेण्ट एण्ड टे«निङ सेन्टरबाट तालिम लिएर पछि त्यहीँ प्रशिक्षकसमेत रहेका थापाले नेपाल, दुवई, जापान र बेलायतमा नेपाली, भारतीय तथा अन्य विभिन्न खाना पकाउने काममा तीन दशकको अनुभव हासिल गरेका छन् ।

विगत डेढ दशकदेखि बेलायतमा रहेर विदेशी नेपालीमाझ प्रतिष्ठित सेफका रूपमा परिचित थापाले हाल लण्डनको फेल्थममा नमस्ते गोर्खा रेष्टुरेण्ट चलाउँदै आएका छन् । हाल लण्डनकै प्रसिद्ध फ्रेन्च कुकिङ स्कूलमा कुलीनरी आर्ट्स एण्ड म्यानेजमेण्टमा स्नातक अध्ययनरत थापा ब्रिटिस करी अवार्ड विजेता पनि हुन् । उनि बिजिनेस एडमिनिस्टे«सनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक हुन् ।

lcci
You might also like

Comments are closed.