पोखरा । पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
‘ढिलो चाडो धेरैलाई एक दिन कोरोना अवश्य हुन्छ भन्ने मेरो मान्यता थियो र आज त्योबाट म पनि अछुतो रहन सकिन,’ उनले भनेका छन् ।
सामान्य लक्षण देखिएपछि १० दिनदेखि होम आइसोलेसनमा रहेको उनले जानकारी दिए । ‘त्यस दिनबाट कसैसंग सम्पर्कमा आएको छैन,’ उनले भने, ‘मेरो स्वास्थ्य थोरै प्रभाबित छ । तर, म चिकित्सकसंग नियमित सम्पर्कमा छु ।’
सम्पूर्णलाई सतर्क र सुरक्षित रहन पनि उनले आग्रह गरेका छन् । ‘संक्रमित हुनु कुनै पाप हैन घृणा हैन सम्मान गरौं,’ उनले भने ।
Comments are closed.