‘कोरोनासँग जुध्दै आर्थिक गतिविधि चलाएमान बनाउनतर्फ लागौं’

अर्जुन पोखरेल, महासचिव, पोखरा उद्योग वाणिज्य संघ

कोरोनासँग डराएर मुलुकमा कहिले लकडाउन त कहिले निशेधाज्ञा जारी छ । रोगसँग डराएर लकडाउन लगाउदै मुलुकको आर्थिक गतिविधि ठप्प बनाउँदा यसबाट देशले भोगेको आर्थिक क्षति डरलाग्दो अवस्थामा पुगेको छ । ६ महिनासम्म मुलुक बन्द राखिसक्यौं । लकडाउन गर्दैमा कोरोना नियन्त्रणमा आउने होइन रहेछ भन्ने त हामीले व्यवहारमा भोगिसकेका छौं ।

कोरोना कति भ्रम हो ? कति सत्य हो ? यसको विषयमा पनि अनुसन्धान होला । यसले गर्न सक्ने क्षति र यसबाट अरु क्षेत्रमा पर्न गएको प्रभावको समग्र मुल्यांकन सहितको मार्गदर्शन अब आवश्यक छ । लकडाउनले मात्र समस्याको समाधान हुने भए चैत ११ देखि ३ महिना भन्दा बढी लकडाउन झेल्यौं । बीचमा आंसिक मात्रै खुलेपनि भदौ १ देखि पुनः लकडाउन तथा निशेधाज्ञाा भयो । हामीले कोरोनाको समय १४ दिन मान्दा आज ३ सातासम्म आइपु्ग्दा संख्या शून्य हुनुपर्ने होइन ? तर, किन मृत्यु र सक्रिय संक्रमित बढ्दै गएका छन् ?

jutta mela

लकडाउन समस्याको समाधान होइन, बरु देश लक गर्दा झन् जटिल अवस्था आउने देखिन्छ । हामीले एक पक्षबाट मात्रै हेरेर हुँदैन । समग्र पक्षबाट पनि हेर्ने सोचको विकास गरौं । कोरोना हाम्रो जीवनको अभिन्न अंग भइसकेको कुरालाई आत्मसाथ गर्दै जुधेर कसरी बाँच्न र बचाउन सकिन्छ निर्णय कर्ताहरुले त्यो दिशामा पनि निर्णय गर्ने कि ?

विकसित राष्ट्रहरु कोरोना भाइरससँग लड्दै अर्थतन्त्र चलाउँदै यस विरुद्धको खोप बनाउने प्रतिस्पर्धामा छन् । तत पश्चात नेपालमा खोप आउन लामो समय लाग्नसक्ने पनि देखिन्छ । खोप बनिसकेपछि तत्काल नेपालमा ल्याउन सक्ने वातावरण बनाउनका लागि कुटनीतिक पहल गरौं । ६ महिनामा हामीले ठूलो आर्थिक क्षति व्यहोरी सक्यौं । अबको अवस्था झनै भयाबह देखिन्छ । अब लकडाउनको विकल्प खोजौं । कोरोनासँग जुध्दै देशको आर्थिक गतिविधिलाई चलाएमान बनाउनतर्फ लागौं । राज्यको ध्यान यसतर्फ जानुपर्ने देखिन्छ ।

You might also like

Comments are closed.