बैंकिङ कसुर मुद्दामा फरार खड्का पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले ९ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–२ का ४६ वर्षीय राम खड्कालाई बुधबार हात्तिगौँडाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७८ वैशाख १४ गतेको फैसलापछि नौ दिन कैद र बिगो बमोजिम रु नौ लाख जरिवाना ठहर गरेपछि फरार रहेका खड्कालाई पक्राउ गरिएको जानकारी दिए ।

jutta mela

पक्राउ परेका खड्काले आफ्नो एनआइसी एशिया बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।

उच्च अदालतले खड्कालाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका खड्कालाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

You might also like

Comments are closed.