ज्यानसम्बन्धी कसुरका अभियुक्त १६ वर्षपछि पक्राउ    

 

काठमाडौं ।

ज्यानसम्बन्धी कसुरका अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउपर्नेमा रामेछापको खाँडादेवी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका– ७ बस्ने शिवजी खत्री छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवीको टोलीले) सोही ठाउँबाट पक्राउ गरी आज थप कारवाहीका लागि मानगरीय प्रहरीवृत्त कालिमाटीलाई बुझाएको छ ।

 

jutta mela

उनीमाथि वि.सं २०६२ मा भगवती लामालाई काठमाडौंको कलङ्कीस्थित आफ्नै डेरा शरीरमा आगो लगाएर मारेको आरोप छ । जलेको अवस्थामा फेला परेकी लामाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सोही समयदेखि खत्री फरार हुँदै आएका थिए । फरार व्यक्ति खोजी गर्ने क्रममा उनलाई ब्युरोको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक शमकुमार महतोले जानकारी दिए ।

You might also like

Comments are closed.