२५ किलो सालकको खबटासहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले २५ किलो सालकको खबटासहित आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० काठमाडौंको टोलीले रामेछाप प्रहरीको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीबाट उनीहरुलाई पक्राउ गरेको हो । वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि विशेष सूचनाका आधारमा टोली त्यहाँ पुगेको थियो ।

ब्युरोले आज एक सूचना जारी गरी उनीहरुलाई थप कारवाहीका लागि जिल्ला डिभिजन वन कार्यालयमा बुझाएको छ । उनीहरुको साथबाट प्रहरीले २५ किलो सालकको खबटा बरामद गरेको सिआइबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।

jutta mela

प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीले प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरी सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यसैबीच विगत केही समयदेखि व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै त्यसको कर चुक्ता गर्न भन्दै रकम माग गरेको खुल्न आएकाले त्यस्ता गतिविधिप्रति सावधानी अपनाउन प्रहरीको साइबर ब्युरोले अनुरोध गरेको छ ।

बैंक तथा अनलाइनमार्फत पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढिरहेको पाइएपछि यस्ता भ्रामक कुरामा विश्वास नगरी ठगी हुनबाट बच्न ब्युरोले आज एक सूचनामार्फत अनुरोध गरेको हो । सामाजिक सञ्जाल भाइबर, ह्वाट्स्एप, इमो लगायतबाट भिडियो, अडियो तथा टेक्स्ट मेसेज गरी प्रलोभनमा पार्दै ठगी हुने गरेको उक्त ब्युरोले जनाएको छ ।

You might also like

Comments are closed.