काठमाडौं । नेपालगञ्जबाट ५ लाखभन्दा बढी नेपाली नक्कली नोटसहित ३ जनालाई पक्राउ गरिएको छ ।
नेपालगञ्ज उपमहानगर-२ स्थित न्यूरोडबाट उनीहरूलाई ५ लाखभन्दा बढी नेपाली नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बाँकेका प्रहरीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका-३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका-५ का ३० वर्षीय मोहन राना रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले एक हजारका नक्कली नोट पाँच सय ६९ थान बरामद गरेको छ ।रानाका साथबाट ४ सय १८ थान नक्कली नेपाली एक हजारको नोट र कुमाईंको साथबाट एक सय ५१ थान नक्कली नेपाली एक हजारको नक्कली नोट बरामद गरिएको छ ।
नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका ३ जनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
Comments are closed.