काठमाडौं । प्रहरीले फागुन १ गते यातायात व्यवसायीको आन्दोलनका क्रममा ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी मनोज केसीले यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरू चोरी गर्दै गरेको देखिएका १५ जनालाई नियन्त्रणमा लिइएको बताए ।
पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सह–चालक छन् । पक्राउ परेका मध्ये अरु केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि छन् ।
आन्दोलनका क्रममा परिस्थिति प्रहरीको नियन्त्रण बाहिर गएको मौका छोपेर उनीहरूले दुई वटा पसलमा तोडफोड र लुटपाट गरेका थिए ।त्यसबेलाको भिडियो र फोटोहरूका आधारमा अनुसन्धान गरेर संलग्नलाई पक्राउ गरिएको एसएसपी डा. केसीको भनाइ छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले सोमबार भएको घटनामा चार जनालाई पहिल्यै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । मोबाइल चोर्दा चोर्दै सुरक्षागार्डले नियन्त्रणमा लिएर उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए ।
Comments are closed.