कैलालीबाट ९ किलो चरेससहित तीन जना पक्राउ

काठमाडौं । कैलालीबाट ९ किलो चरेससहित तीन जनालाई पक्राउ गरिएको छ । कैलाली जिल्ला प्रहरीले धनगढी उपमहानगर–१४ बाट नौ किलो चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेका रोल्पा थ्वाङ -५ का ४५ वर्षीय कुमार पुन, दाङ लालमरिया -१ की ३९ वर्षीया पुनम पुन र दिलमाया पुनको साथबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले विगत तीन महिनामा ३ किलो ४९ ग्राम ६८० मिलिग्राम चरेस र भारतबाट आउने, नाइट्राभेट १ सय २८ ग्राम र अन्य लागूऔषध ८८ ग्राम बरमद भएको छ ।

पछिल्लो समयमा कैलालीको खुल्ला सीमाबाट लागूऔषध करोबार बढेको प्रहरीले बताएका छन् ।

You might also like

Comments are closed.