काठमाडौं । चितवनमा ८५ तोला सुन र हिराका गरगहनासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।
कारलाई खानतलासी गर्दा ८५ तोला सुन र हिराका गरगहना बरामद भएपछि तीन जना भारतीय नागरिकलाई चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कारका चालक भारतको उत्तर प्रदेशका ४३ वर्षीय विनोद प्रसाद, पश्चिम बंगालका ५१ वर्षीय गणपतकुमार तोसावर र सोही ठाउँका नरेश वर्मा रहेका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आइरहेको डब्लूबी १२ एभी ५५६६ नम्बरको नेक्सन कारलाई रोकेर खानतलासी गर्दा सुनका गरगहना ६३.९८९ तोला र हिरा जडित गरगहना २२.८७८ तोला रहेको प्रहरीजानकारी दिएको छ ।
उनीहरुले गहना यात्रु बस्ने सीटमुनि, गियर बक्सभित्र र एयर फिल्टरभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । अहिले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.