काठमाडौं उपत्यकाभित्र विभिन्न ६ स्थानमा अमेरिकी डलर देखाई लुटपाट गर्ने समूह पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका भित्र विभिन्न ६ स्थानमा अमेरिकी डलर देखाई लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको छ ।

गोकर्णेश्वर तथा थानकोट लगायत काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैँया साटिदिने भनि प्रलोभनमा पारी श्रृङखलावद्ध रुपमा ठगी गर्ने कार्यमा संलग्न रहेका ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटी गएको बिशेष प्रहरी टोलीले मंगलबार जिल्ला काठमाण्डौ, गोकर्णेश्वर न.पा. अत्तरखेल र नाम्खेलबाट डलर साट्ने कार्यमा संलग्न ५ जनालाई नियन्त्रणमा लिई ठगि मुद्दामा आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु, पठाएको छ ।

पक्राउ ब्यक्तिहरुमा जिल्ला धादिङ सुनौलो बजार गा.पा.वडा नं. ७ घर भई जिल्ला ललितपुर चापागाँउ बस्ने  वर्ष ३२ को सुरेश कोइराला, जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा.वडा नं.५ सिङगाचै घर भई  वर्ष २४ को बिकाश तामाङ, जिल्ला धनकुटा बेलारा गा.वि.स. वडा नं.७ घर भई हाल का.जि.भंगाल वस्ने  वर्ष ३२ को दिपक दमाई, जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा.वडा नं. ५ सिङगाचै घर भई का.जि.गोकर्ण नाम्गेल बस्नेवर्ष २८ को साजन तामाङ, जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा.वडा नं. ५ सिखोरङ घर भई हाल का.जि. नयाँबस्ती बस्ने   वर्ष ३५ को प्रेम ब. तामाङ रहेका छन् ।

प्रहरीका अनुुसार अनुन्धानबाट प्रतिवादीहरुले पिडित ब्यक्तिहरुलाई पटक पटक फोन मार्फत सम्पर्क गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटीदिने प्रलोभनमा पार्ने गरेको , १ र ५० दरका अमेरिकी डलर पिडित पक्षलाई प्रत्यक्ष देखाई विश्वासमा पार्ने र सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका सागुरा गल्ली, पातलो मानवबस्ती र जंगल आसपासको स्थानमा बोलाई पिडित पक्षलाई झुक्यानमा पारी डलर भनि रु ५, १० , २० र नेपाली नोट साईजको पेपरकाटी रुमालमा पोकोपारी दिई पिडित सँग भएको लाखौ रुपैँया लुटपाट गरी फरार हुने गरेको पाइएको छ ।

त्यसैगरी उक्त समूहले ठगि तथा लुटपाटमा संलग्न हुने त्यस्ता व्यक्तिहरुले विभिन्न नम्बरका मोबाईलहरु प्रयोग गर्ने र घटना पश्चात प्रयोग गरेका मोबाईलहरु पुनस् प्रयोग नगर्ने गरेको साथै पिडित सँग त्यस्ता व्यक्तिहरुको हुलिया मात्र थाहा हुने गरेको र पक्राउ परेका ब्यक्तिहरुले हाल सम्म उपत्यका र उपत्यका बाहिर समेत गरी विभिन्न ६ वटा यस्तै प्रकृत्तिका ठगि घटनामा संलग्न रहेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

You might also like

Comments are closed.