मालपोतका शाखा अधिकृत घुस सहित पक्राउ

 

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिइरहेका अवस्थामा बिहीबार मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको छ ।

कार्यालय समयमा सेवाग्राहीबाट लिएको २४ हजार रुपैयाँ सहित शाखा अधिकृत जोशीलाई पक्राउ गरेको आयोग कञ्चनपुरका सूचना अधिकृत हरिश जोशीले जानकारी दिए ।

“अख्तियारको टोलीले शाखा अधिकृत जोशीलाई रकमसहित पक्राउ गरी अनुसन्धान थालेको छ”, उनले भने, “विस्तृत विवरण सङ्कलन हुदैंछ  ।”

You might also like

Comments are closed.