बजेटबारे सुझाव : स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेदेखि हाइड्रोमा लगानी बढाउनेसम्मका सुझाव

काठमाडौं । आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणमा सघाउ पुग्ने उदेश्यले अर्थ मन्त्रालयले संचालन गरेको टोलफ्री नम्बर ११३८ बाट उत्साहजनकरुपमा सुझाव संकलन भइरहेका छन् ।

नयाँ आर्थिक वर्षको बजेटका लागि टोल फ्रि नम्बर ११३८ मार्फत देशभरका अधिकांश जिल्लाहरुबाट यतिबेला नागरिकहरुले सुझावहरु दिइरहेका छन् । अर्थ मन्त्रालयले अहिले ती सुझावहरुको अध्ययन गरेर आगामी आवको बजेटमा समावेश गर्न सुझावहरु अध्ययन गर्ने काम भइरहेको छ । नागरिकहरुका सुझावहरु उपयुक्त भए अर्थमन्त्रालले नयाँ आर्थिक वर्षको बजेटमा समावेश गर्नेछ ।

सबै क्षेत्रका जनताको सुझाव संकलन गर्ने उद्देश्यले टोलफ्री नम्बर ११३८ संचालनमा ल्याइएको र त्यसमा आएको सुझावले आगामी आर्थिक वर्षको बजेट निर्माणमा महत्वपूर्ण योगदान पुग्ने मन्त्रालयले जनाएको छ ।

jutta mela
  • यस्ता छन् बजेटका लागि नागरिकका सुझावहरु :

-जडिबुटी खेती र उत्पादन, संकलन, बिक्री र बितरण गर्ने अधिकार सामुदायिक वनलाई दिनुपर्ने ।
– सामुदायिक वनमा पाइने पातबाट टपरी बनाउन मेसिनको व्यवस्था, ढुवानी मेसिन, औजार अनुदान सहयोग गरी बजार पहुँचको – लागि व्यवस्था गर्नुपर्ने ।
– अदुवा, बेसार जस्ता स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने ।
– यस्तो उत्पादन, प्रशोधन, बिक्री वितरण गर्न टोलटोलमा बजारको र प्रशोधन केन्द्रको व्यवस्था गर्नुपर्ने ।
– हालको कृषि अनुदान प्रणाली झन्झटिलो भएकाले सुधार गरी कम लागतमा सम्बन्धित बडारटोलमा पुगेर स्थानीय प्रतिनिधिको  रोहबरमा अनुदान दिने व्यवस्था हुनुपर्ने ।
– बाटो र स्कूलमा कम बजेट बिनियोजन गर्ने ।
– पानी प्रशोधन गरी विदेशमा बिक्री गर्ने योजना ल्याउनु पर्ने ।
– हाइड्रोमा लगानी बढाउने ।
– बजेट विनियोजन गर्दा सिँचाईमा पनि ध्यान दिने ।
– जवरजस्ती बजेट खर्च नगरेर बचत फिर्ता गराउने  ।

-इन्धन विस्थापित गर्न १० लाखभन्दा कम मूल्यका विद्युतीय गाडी, विद्युतीय चुलोमा भन्सार छुट गर्नुपर्ने ।
-खाडी मुलुक जाने कामदारको हित हुनेगररी १ डलरमा बैंक खाता खोल्ने व्यवस्था हुनुपर्ने ।
-स्टक मार्केटमा बैंकलाई ब्रोकर लाइसेन्स दिएर सुधार गर्नुपर्ने ।
-आइपिओ भर्दा बैंकले शूल्क लिने व्यवस्था हटाउनु पर्ने ।
-देशमा उत्पादित तरकारी विदेशमा बिक्री गर्न सकिने व्यवस्था हुनुपर्ने ।
-अर्थमन्त्रीले नेतृत्व लिएर बिद्युत् आयोजनामा शेयर लगानी गर्न सर्वसाधारणलाई आह्वान गरेमा लगानीको लागि जतिपनि रकम संकलन हुनेछ ।
-नारायणी नदिको पश्चिममा पुलको व्यवस्था हुनुपर्ने ।

You might also like

Comments are closed.