संसदमा अर्थमन्त्रीको जवाफ, ‘इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन’

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माण गर्दा अनधिकृत रूपमा प्रवेश गरेको भन्नेमा सत्यता नभएको बताएका छन् । मंगलवार संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘इमान्दार भएर काम गर्न कति कठिन हुन्छ, एउटा पत्रिकाले पटक पटक बजेट बनाउँदा अनधिकृत व्यक्ति संलग्न भएको भनेर समाचार लेख्छ र हामीले त्यसैलाई विश्वास गर्छौं, ’ उनले भने, ‘इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ , कुनै पनि प्रभावबाट मुक्त भएर मैले काम गरेको छु । कुनैपनि प्रभावबाट मुक्त भएर काम गर्न प्रतिवद्ध भएर जिम्मेवारी लिएको हुँ ,यसलाई निरन्तरता दिने विश्वास दिलाउँछु ।’

उनले आवश्यक डाटा इन्ट्रीका लागि यही प्रयोजनका लागि नियुक्ति पाएका रामकृष्ण श्रेष्ठलाई सहयोगीको रूपमा ल्याइएको बताए । ‘उहाँले निर्णयमा संलग्न अधिकारीको निर्देशनको पालना गर्ने गरी ल्याइएको हो, उहाँ निर्णय प्रकृयामा हुने कुरै भएन । उहाँले निर्णयमा संलग्न अधिकारीको निर्देशन अनुसार काम गर्नुभएको हो, ’ उनले भने, ‘उहाँले हेरफेर र छलफलमा भाग लिन अधिकार पनि हुँदैन,यसलाई नियोजित रूपमा कसैले लेखेको मात्र कुरा पत्याउने ? यो हुन सक्दैन ।’

jutta mela

उनले इमान्दारितामा एक इन्च पनि नहल्लिएको र जसको स्वार्थ छ, त्यही यसको पछाडि लागेको बताए ।

You might also like

Comments are closed.